आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

तीज गीत ‘जोर मादल’ सार्वजनिक

आइतबार, ०६ भदौ २०७८, १८ : ३३
आइतबार, ०६ भदौ २०७८

महिलाहरुको महान पर्व तीज नजिककिदै गर्दा बिभिन्न तीज गीतहरू बजारमा भित्रिरहेका छन् । यस्तैमा गायिका शर्मिला श्रेष्ठले पनि तीज गीत ‘जोर मादल’ ल्याएकी छन् । गायिका श्रेष्ठकै शब्द र पम्फा थापाको लय रहेको गीतको एरेन्ज  दिनेश थापाले गरेका छन् ।

तीजमा माइतबाट लिन भाई आएको, श्रीमान्सँग माइत जान बिदा मागेको र तीजमा रमाइलो गरेको प्रसंग समेटिएको गीतको आकर्षक भिडियो पनि बनेको छ ।
निरेन श्रेष्ठको निर्देशन रहेको म्युजिक भिडियोमा रामकृष्ण चौलागाईको छायाँकन, रोशन धितालको सम्पादन रहेको छ । गीतको भिडियोमा आरुषी मगर, राम थापा, कल्याण श्रेष्ठ, लक्ष्मण मल्ल र भूमिकला ढकाल लगायतको अभिनय र नृत्य देख्न सकिन्छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप