प्रहरीद्वारा ९ लाख ४५ हजारलाई निःशुल्क मास्क वितरण
नेपाल प्रहरीले पछिल्लो २४ घण्टामा देशभर १५ हजार आठ सय ९१ मास्क वितरण गरेको छ । प्रहरीले देशभर सञ्चालन गरेको ‘तपाईंको मास्क खोइ ?’ अभियानअन्तर्गत उक्त मास्क वितरण गरेको हो । कोभिड–१९ सङ्क्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि प्रहरीले गत वैशाख ६ गतेदेखि हालसम्म ९ लाख ४५ हजार ९४० मास्क निःशुल्क वितरण गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको सन्दर्भमा यसबाट सिर्जना हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी सङ्क्रमण रोक्न तोकिएको सुरक्षा मापदण्डलाई दुरुस्त रूपमा कार्यान्वयनका लागि नेपाल प्रहरीले ‘सङ्क्रमणबाट आफू बचौँ र अरूलाई पनि बचाऔँ’ भन्ने नारासहित ‘तपाईंको मास्क खोइ ?’ लगायतका विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको हो ।
यस्तै प्रहरीले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लङ्घन गर्ने ५६० जनालाई रु ४६ हजार जरिवाना गरेको छ । सो क्रममा स्वास्थ्य मापदण्ड उल्लङ्घन गर्ने एक हजार ७८४ जनालाई रोकेर सम्झाइ बुझाई छाडिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण