बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गण्डकी प्रदेशमा २८८ जनामा कोरोना संक्रमण पुष्टि, थप ७ जनाको मृत्यु

आइतबार, ०६ भदौ २०७८, १७ : ३९
आइतबार, ०६ भदौ २०७८

गण्डकी प्रदेशमा थप २८८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा ९८१ जनामा गरिएको नमूना परिक्षणमा २८८ जनामा संक्रमण देखिएको हो। संक्रमित मध्ये १४८ महिला र १४० जना पुरुष रहेका छन् । 

प्रदेशका ४ जिल्लामा गरिएको नमूना परिक्षणमा सवै भन्दा धेरै कास्कीमा संक्रमित भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्यसञ्‍चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए । 

उनका अनुसार कास्की १७५, बागलुङ २, स्याङ्जा २१, म्याग्दी ३१, गोरखा १७, लमजुङ ९ तनहुँमा २५ र नवलपुरमा ८ जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७८ हजार ७५७ पुगेको छ ।

गण्डकी प्रदेशका विभिन्न अस्पतालमा उपचाररत ७ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण उपचारका क्रममा मृत्यु हुनेमा पोखरा–२६ का ५१ बर्षिय पुरुष, पोखरा–१७ का ८२ बर्षिय पुरुष, पोखरा–१४ की ७७ बर्षिय महिला र तनहुँ ब्यास–२ की ७६ बर्षिय महिलाको मृत्यु भएको छ ।

त्यसैगरी स्याङजा,पुतलीबजार–६ का ७० बर्षिय पुरुष, चापाकोट –२ का ६७ बर्षिय पुरुष र म्याग्दी मालिका –५ का ७८ बर्षिय कोरोना संक्रमित पुरुषको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। 
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार २३९ जना पुगेको छ।

गण्डकी प्रदेशमा हालसम्म ७२ हजार ५११ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । प्रदेशमा आइतबार मात्र संक्रमणमुक्त हुनेको संख्या ६७८ पुगेको छ । 

गण्डकीमा सक्रिय कोरोना संक्रमितको संख्या ४ हजार ९६७ रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप