चितुवाको छालासहित ३ जना पक्राउ
आइतबार, ०६ भदौ २०७८, १६ : ४५
![चितुवाको छालासहित ३ जना पक्राउ](https://rpcdn.ratopati.com/media/albums/pakrau-jail-arrest-cartoon_zp61Bu0Zf7.jpg)
दाङको लमही नगरपालिका–९ अमिलियाबाट प्रहरीले चितुवाको छाला कारोबार गर्ने ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैतडीको पाटन नगरपालिका–६ घर भएका २० वर्षीय विमल औजीसहित ३ जना छन् ।
शनिबार राति पक्राउ परेका उनीहरुको साथबाट ३ थान चितुवाको छाला बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
बाँकेको कोहलपुरबाट लमहीतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२३ च ७६३८ नम्बरको कारलाई जिल्ला प्रहरी कार्यालय दाङ र इलाका प्रहरी कार्यालय अमिलियाबाट खटिएको टोलीले चेकजाँच गर्दा चितुवाको छाला फेला परेको थियो ।आरोपीहरुलाई प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढी/पहिरोले सडक अवरुद्ध, अकासियो तरकारीको मूल्य
-
देशका विभिन्न स्थानमा रहेका ८० खानी खोजतलास गर्न अनुमति
-
जिल्ला प्रहरी परिसर काठमाडौँको सेवा अब भद्रकालीबाट
-
कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको फाइनलमा झापा र भोजपुर
-
तेस्रो युएसएड यात्रा दाङको लमहीमा
-
उद्धार, राहत तथा पुनःस्थापना कार्यलाई प्रभावकारी बनाउन रास्वपाको माग