बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

चितुवाको छालासहित ३ जना पक्राउ

आइतबार, ०६ भदौ २०७८, १६ : ४५
आइतबार, ०६ भदौ २०७८

दाङको लमही नगरपालिका–९ अमिलियाबाट प्रहरीले चितुवाको छाला कारोबार गर्ने ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैतडीको पाटन नगरपालिका–६ घर भएका २० वर्षीय विमल औजीसहित ३ जना छन् ।
शनिबार राति पक्राउ परेका उनीहरुको साथबाट ३ थान चितुवाको छाला बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

बाँकेको कोहलपुरबाट लमहीतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२३ च ७६३८ नम्बरको कारलाई जिल्ला प्रहरी कार्यालय दाङ र इलाका प्रहरी कार्यालय अमिलियाबाट खटिएको टोलीले चेकजाँच गर्दा चितुवाको छाला फेला परेको थियो ।आरोपीहरुलाई प्रहरीले अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप