आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

किशोरी बलात्कार गरेको आरोपमा युवक पक्राउ

आइतबार, ०६ भदौ २०७८, १६ : ३५
आइतबार, ०६ भदौ २०७८

कैलालीको कैलारी गाउँपालिका–७ बाट प्रहरीले बलात्कार गरेको आरोपमा एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलारी गाउँपालिका–७ रामपुर बस्ने २३ वर्षीय अरुण चौधरी छन् ।

शनिबार राति चौधरीले १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । चौधरीले ती बालिकालाई आफ्नै घरमा लगि जबरजस्ती करणी गरेको सूचना पाएपछि सीमा प्रहरी चौकी रामपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप