रोनाल्डो युभेन्टसमै बस्छन् : एलिग्री
![रोनाल्डो युभेन्टसमै बस्छन् : एलिग्री](https://rpcdn.ratopati.com/media/albums/ronaldo1_oNFg6ieEGc.jpg)
क्रिस्टियानो रोनाल्डोले यस सिजन क्लब नछाड्ने युभेन्टस्का प्रशिक्षकमा सीमिलियानो एलिग्रीले बताएका छन् । ३६ वर्षीय रोनाल्डोले यसै साता सामाजिक सञ्जालमा बहिर्गमनको हल्ला आफ्ना लागि अपमानजनक रहेको बताएका थिए ।
प्रिम्याच इन्टरभ्युमा एलिग्रीले रोनाल्डो क्लबमै रहने बताए । ‘रोनाल्डोले कहिल्यै क्लब छाड्ने इच्छा व्यक्त गरेका छैनन्’ उनले भने–‘उनले म क्लबमै बस्छु भनेका छन् ।’ युभेन्टसले आइतबार सिरिए खेलमा उडिनेसेको सामना गर्दैछ । यस सिजनभर रोनाल्डोको स्थानान्तरण चर्चामा छ । रियल म्याड्रिड, पेरिस सेन्ट जर्मनी र म्यानचेस्टर सिटीसँग उनको नाम जोडेर समाचारहरु आइरहेका छन् ।
यद्यपी, रियलका नयाँ प्रशिक्षक कार्लो एन्सिलोट्टीले तत्कालै रोनाल्डो फर्कने सम्भावना अस्वीकार गरेका थिए । म्यानचेस्टर युनाइटेड र रियल म्याड्रिडका पूर्व खेलाडी रोनाल्डोले २०१८ मा युभेन्टस्सँग सम्झौता गरेका थिए । गत मेईमाउनले युभेन्टस्बाट सर्वाधिक छिटो १ सय गोल गर्ने खेलाडीको कीर्तिमान बनाए, उनले केवल १ सय ३१ खेलमा यो उपलब्धि हासिल गरेका हुन् । पाँच पटकका बेलोन डि’ अर विजेता रोनाल्डो र युभेन्टस्बीच सम्झौता सकिन १० महिना बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वरिष्ठ अधिवक्ता त्रिपाठीलाई आक्रमण गरेको आरोपमा थप १ जना पक्राउ
-
वरिष्ठ अधिवक्ता त्रिपाठीलाई आक्रमण गर्ने ३ जनालाई धरौटीमा छाड्न आदेश
-
बीमक संघमा नयाँ कार्यसमिति निर्विरोध, अध्यक्षमा बैदवार
-
संघीय सरकारले समानिकरणको अनुदान रकम नपठाउँदा प्रदेशलाई आर्थिक भार थपियो : मुख्यमन्त्री आचार्य
-
भारतीय अण्डा भित्रिएपछि नेपाली बजार प्रभावित
-
केपी ओली कप : राजनीतिज्ञसँग कलाकारको टोली विजयी