रोनाल्डो युभेन्टसमै बस्छन् : एलिग्री

person explore access_timeभदौ ६, २०७८ chat_bubble_outline0

क्रिस्टियानो रोनाल्डोले यस सिजन क्लब नछाड्ने युभेन्टस्का प्रशिक्षकमा सीमिलियानो एलिग्रीले बताएका छन् । ३६ वर्षीय रोनाल्डोले यसै साता सामाजिक सञ्जालमा बहिर्गमनको हल्ला आफ्ना लागि अपमानजनक रहेको बताएका थिए ।

प्रिम्याच इन्टरभ्युमा एलिग्रीले रोनाल्डो क्लबमै रहने बताए । ‘रोनाल्डोले कहिल्यै क्लब छाड्ने इच्छा व्यक्त गरेका छैनन्’ उनले भने–‘उनले म क्लबमै बस्छु भनेका छन् ।’ युभेन्टसले आइतबार सिरिए खेलमा उडिनेसेको सामना गर्दैछ । यस सिजनभर रोनाल्डोको स्थानान्तरण चर्चामा छ । रियल म्याड्रिड, पेरिस सेन्ट जर्मनी र म्यानचेस्टर सिटीसँग उनको नाम जोडेर समाचारहरु आइरहेका छन् । 

यद्यपी, रियलका नयाँ प्रशिक्षक कार्लो एन्सिलोट्टीले तत्कालै रोनाल्डो फर्कने सम्भावना अस्वीकार गरेका थिए । म्यानचेस्टर युनाइटेड र रियल म्याड्रिडका पूर्व खेलाडी रोनाल्डोले २०१८ मा युभेन्टस्सँग सम्झौता गरेका थिए । गत मेईमाउनले युभेन्टस्बाट सर्वाधिक छिटो  १ सय गोल गर्ने खेलाडीको कीर्तिमान बनाए, उनले केवल १ सय ३१ खेलमा यो उपलब्धि हासिल गरेका हुन् । पाँच पटकका बेलोन डि’ अर विजेता रोनाल्डो र युभेन्टस्बीच  सम्झौता  सकिन १० महिना बाँकी छ । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।