आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

अफगानिस्तानको हालतबाट रुस, चीन र ईरानले फाइदा उठाउनेछ : टोनी ब्लेयर

आइतबार, ०६ भदौ २०७८, १५ : ५४
आइतबार, ०६ भदौ २०७८

बेलायतका पूर्व प्रधानमन्त्री टोनी ब्लेयरले अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएकोमा कडा आलोचना गरेका छन् । उनले यसलाई अनुचित कदम भनेका छन् । उनका अनुसार गठबन्धन सेना फिर्ता हुँदा जिहादी गुटको हिम्मत बढ्नेछ ।

उनले अफगानिस्तानको हालतबाट रुस, चीन र ईरानले फाइदा उठाउने पनि बताए । ब्लेयरले गठबन्धन सेना फिर्ता हुनुलाई खेदजनक, खतरनाक र अनावश्यक बताएका छन् । २० वर्षअघि टोनी ब्लेयर बेलायतको प्रधानमन्त्री भएकै बेला बेलायतले अफगानिस्तानमा सेना पठाएको थियो । 

पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि काबुलबाट सेना फिर्ता बोलाउने जो बाइडेन प्रशासनको निर्णयको आलोचना गरेका छन् । अलाबामाको एक कार्यक्रममा ट्रम्पले यसलाई अहिलेसम्मको सबैभन्दा ठूलो सैन्य पराजय करार गरेका छन् । तर, राष्ट्रपति पदमा रहँदा ट्रम्पले तालिबानसँग सम्झौता गरेका थिए । जसअनुसार अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता भएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप