मकवानपुरबाट अपहरणमा परेका दुई युवालाई भारत पुर्याएर फिरौती माग, प्रहरीद्वारा सकुशल उद्दार
अपहरणमा परेका मकवानपुरका २ जना युवकलाई प्रहरीले उद्दार गरी परिवारको जिम्मा लगाएको छ । विभिन्न प्रलोभनमा परी अपहरणमा परेका हेटौंडा उपमहानगरपालिकाका २ जना युवकहरूलाई भारतको मोतिहारीबाट सकुशल उद्दार गरी परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार हेटौंडा उपमहानगरपालिका वडा नम्वर–९ स्वागतटोल बस्ने बर्ष २३ को गोविन्द्र श्रेष्ठ र बर्ष २२ को पवन रानामगरलाई अपहरणबाट मुक्त गरी सकुशल परिवारमा जिम्मा लगाइएको हो ।
गत भदौ ३ गते राति करिव ९ः३० बजेको समयमा हेटौंडा–१० बसपार्क क्षेत्रबाट उनीहरु अपहरणमा परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक रिमालका अनुसार, ३ जना भारतीय नागरिकहरुले विभिन्न प्रलोभन देखाएर श्रेष्ठ र राना मगरलाई अपहरण गरेका थिए ।
अपहणकारीले उनीहरुको आफन्तसँग फोन मार्फत प्रतिव्यक्ति ५ लाख भारतीय रुपैयाँ फिरौती माग गरेका थिए भने फिरौती नबुझाए उनीहरुको मृगौला बेचिदिने भन्दै यातना दिएको प्रहरीको भनाइ छ ।
फिरौती माग गरेको जानकारीसहित भदौ ४ गते जिल्ला प्रहरी कार्यालय मकवानपुरमा अपहरणमा परेका युवकको आफन्तहरुले निवेदन दिए लगत्तै प्रहरीले घटनाबारे जाँचबुझ सरु गरेको प्रहरीको भनाइ छ ।
उनीहरुलाई अपहणकारीले अपहरणपछि सोही रात भारतको मोतिहारी पु¥याएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मोतिहारीमा अपहणकारीले उनीहरुलाई बन्धक बनाएको र फिरौती माग गर्न अपहरणमा परेका उनीहरुका आफन्तलाई फोन गरेको प्रहरी नायव उपरीक्षक रिमालले बताए ।
त्यसलगत्तै नेपाल प्रहरीले भारतीय प्रहरीसँग समन्वय गरेर अपहरणमा परेका दुवै जना युवकहरूको सकुशल उद्दार गरेको प्रहरी नायव उपरीक्षक रिमालले बताए ।
उक्त अपहरणको घटनाबारे थप अनुसन्धान भइरहेको रिमालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण