हातमा बुद्धचित्तको दाना, गेष्ट हाउस सञ्चालकलाई तर्साउन ‘बम’
नेपालीमा एउटा उखान छ– ‘मुखमा रामराम बगलीमा छुरा ।’ भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–३ स्थित दिव्यश्वरी गेष्ट हाउसमा धार्मिक रुपमा पवित्र भनिएको बुद्धचित्तको दाना लिएर बसेका युवाले नै बम राखेको थाहा भएको छ । शनिवार राति गेष्ट हाउसको कोठा नम्बर–४ मा प्रेसर कुकर बम फेला परेको थियो । नाङ्गो तार जडान गरेर तौलियाले ढाकेको अवस्थामा फेला परेको सो शंकास्पद बस्तु नेपाली सेनाको टोलीले निश्कृय बनाएको थियो ।
बम राखेको आरोपमा प्रहरीले काभ्रेको तेमाल गाउँपालिका घर भएका ३२ वर्षीय नविन तामाङलाई पक्राउ गरेको छ । नविन साउन ३२ गतेबाट सोही गेष्ट हाउसको ११० नम्बरको कोठामा बसेका थिए । बुद्धचित्तको माला बेच्न बसेका नवीनले बम राखेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको भक्तपुरका एसपी शिवकुमार श्रेष्ठले रातोपाटीलाई बताए ।
होटलमा खाएको बसेको रकम ४० हजार पुगेपछि गेष्ट हाउस सञ्चालक शिवशरण भुजुले पटक–पटक मागेको रिसमा ‘बम’ राखेको तामाङले प्रहरीलाई बताएका छन् । महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको टोलीले उनलाई बम फेला परेको केही समयपछि नै पक्राउ गरेको हो । नवीनले आफुले घरबाट कुकर ल्याएर राखेको प्रहरीसँग स्वीकार गरेका छन् ।
सेनाको टोलीले निष्क्रिय पार्दा कुकरमा विष्फोटक पदार्थ फेला परेन । नवीनले ‘तर्साउने नियत’ले मात्र कुकरलाई बम जस्तो बनाएर राखेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण