रोजगारीका लागि इजरायल जान ९ हजार ६९९ जनाले दिए आवेदन
इजरायलका दीर्घकालिन स्याहार केन्द्रहरुमा सहायक कामदारको रुपमा जान ९ हजार ६९९ जनाले इच्छा देखाएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इजरायलको रोजगारीमा जान हालसम्म साढे ९ हजारभन्दा बढीले आवेदन दिएको बताएको छ ।
नेपाल सरकार र इजरायल सरकारबीच २०७७ सालको असोजमा नेपाली नागरिकहरुलाई इजरायलमा लग्ने गरी द्विपक्षीय श्रम सम्झौता भएको थियो । सोही सम्झौता कार्यान्वयन गर्न ‘नेपाल सरकारले इजरायलमा नेपाली सहयोगी कामदार पठाउने सम्बन्धी निर्देशिका,२०७८’ जारी गरिसकेको छ ।
सम्झौता अनुसार इजरायल सरकारले अहिले एक हजार जना सहायक कामदारको माग गरेको छ । इजरायल सरकारको मागअनुसार वैदेशिक रोजगार विभागले इजरायल जान चाहनेहरुका लागि आवेदन खुलाएको थियो ।
हालसम्म आएका साढे ९ हजारभन्दा बढी आवेदन विभागले अध्ययन गरिरहेको छ भने अन्तिम सूचीमा पर्नेहरू लिखित परीक्षामा सहभागी हुनुपर्ने छ । लिखित परीक्षामा उत्तीर्ण हुनेले इजरायल जानका लागि अन्तर्वार्ता समेत दिनुपर्छ । इजरायल जानेहरुको लिखित र मौखिक परीक्षा सञ्चालन गर्दा लोक सेवा आयोगले अवलम्बन गरेको परिक्षा विधिको उपयोग गरिने छ ।
मौलायो ठगी धन्दा
सहायक कामदारमा इजरायलको रोजगारी खुलेपछि ठगी धन्दा मौलाएको मन्त्रालयले बताएको छ । मन्त्रालयका प्रवक्ता दिपक काफ्लेले मन्त्रालय र विभागका अधिकारीसँग आफ्नो सम्बन्ध रहेको देखाई रकम असुल्ने गिरोह सक्रिय भएको गुनासो आएको बताए ।
यस विषयमा मन्त्रालयको गम्भिर ध्यानाकर्षण भएको र कसैले पनि त्यस्ता गिरोहलाई रकम नदिन मन्त्रालयले आग्रह गरेको छ ।
गैरकानूनी रुपमा रकम असुल गर्ने वा कानून विपरितका दुई सरकारबीच भएको श्रम सम्झौताको प्रतिकुल हुने काम गरेको पाइए प्रचलित कानून बमोजिम जाने चेतावनी मन्त्रालयले दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण