दिवा खाजामा चरम अनियमितता : बन्द विद्यालयका अभिभावकलाई नै नगद

बालबालिकालाई विद्यालय समयमा सरकारकातर्फबाट दिइने दिवा खाजा कार्यक्रममा चरम अनियमितता देखिएको छ । महालेखाको प्रतिवेदनले स्थानीय तहमा दिवा खाजा कार्यक्रममा चरम अनियमितता देखिएको पाइएको छ ।
प्रतिवेदनअनुसार रौतहटको परोह नगरपालिकाले दिवा खाजा वापतको रकम नगद रकम विद्यार्थीका अभिभावकलाई बुझाएको दाबी गरेको छ । नगरपालिकाका अनुसार २०७७ मा अभिभावकलाई दिवा खाजामार्फत एक करोड १७ हजार रुपैयाँ नगद पैसा दिइएको हो ।
नगरपालिकाले विद्यार्थीका अभिभावकलाई नगद दिएको दाबी गरेपनि अभिभावकले नगद बुझेको भरपाई प्राप्त गरेको छैन् । दिवा खाजाको रकम विद्यालयलाई दिँदा अभिभावकलाई नगदै वितरण गर्ने व्यवस्था विपरित नगरपालिकाले दिएको पैसा बुझको भरपाई प्राप्त नहुनुले व्यापक अनियमितता देखिएको छ ।
यस्तै, कोरोनाको समयमा विद्यालयहरु बन्द भएको अवस्थामा यही कार्यक्रमका लागि धनुषा, सिरहा, रौतहटका नगरपालिकासहित २८ नगरपालिकाले करोडौं रुपैयाँ निकासा गरेका छन् । उनीहरुले दिवा खाजा कार्यक्रम अन्तर्गत २०७७ सालको वैशाख, जेठ र असार महिनामा १४ करोड २१ लाख ६८ हजार रुपैयाँ विद्यालयलाई निकासा गरेका छन् ।
यस्तै, रौतहट, सप्तरी, धनुषा लगायत जिल्लाका १३ गाउँपालिकाले १६६ विद्यालयलाई २०७७ को जेठ र असारमा दोस्रो र तेस्रो चौमासिकको दिवा खाजाको रकम निकासा गरेका छन् । उनीहरुले ६ करोड ५६ हजार रुपैयाँ निकासा गरेको पाइएको हो ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाका कारण विद्यालयहरु पूर्णरुपमा बन्द रहेको समयमा नियम मिचेर भएको निकासा असुल हुनुपर्ने महालेखाले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : बालुवाटारमा ओली-देउवाबीच भेटवार्तादेखि भाटभटेनी लुटपाट काण्डले राजेन्द्र लिङ्देनको पुत्ला दहनसम्म
-
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
-
काभ्रेमा सात खानीक्रसर उद्योग बन्द
-
श्रीमानको किरिया बसेकी महिलाको मृत्यु
-
नेपाल प्रहरी बन्यो च्याम्पियन
-
दुर्घटना न्यूनीकरणको सन्देश फैलाउन ‘बिस्तारै स्कुटर चलाउने’ प्रतियोगिता