तालिबानले अफगानिस्तान कब्जा गरेपछि पहिलो पटक बोल्यो आइएस, लगायो यस्तो आरोप
चरमपन्थी समूह इस्लामिक स्टेट (आईएस) ले आफ्नो विरोधी तालिबानमाथि अमेरिकाको कठपुतली भएको आरोप लगाएको छ ।
आइएसले तालिबान ‘मुल्ला ब्रेडली’ प्रोजेक्ट बनिरहेको दाबी गरेको छ ।
‘मुल्ला ब्रेडली’ शब्दलाई जिहादी समूहमा यस्तो धार्मिक व्यक्तिका लागि प्रयोग गरिन्छ जसलाई कथित रुपमा अमेरिकाले जिहादलाई कमजोर बनाउनका लागि भर्ती गर्छ ।
यद्यपि, यो एउटा शब्द मात्रै हो जसलाई अलकायदाका पूर्व नेता अनवार अल–अवलाकीले स्थापना गरेका थिए ।
अफगानिस्तानले १५ अगस्टमा पूरा देश कब्जा गरेको थियो, यसपछि आइएसको यो पहिलो टिप्प्णी हो ।
के भन्छ तालिबान ?
यो आइएसको साप्ताहिक समाचार पत्र अल–नबाको सम्पादकीयमा प्रकाशित भएको हो जसको शीर्षक छ – ‘अन्ततः उनीहरुले मुल्ला ब्रेडली स्थापित गरेका छन् ।’
यसमा उपेक्षाजनक तरिकाले ‘नयाँ तालिबान’ शब्दको प्रयोग गरिएको छ जसमा बताइएको छ कि अफगान समूह २० वर्ष असध सुरु भएको सच्चा जिहादी आन्दोलनबाट भटकिएको छ ।
आइएसले शंका जताउँदै भनेको छ, ‘तालिबानले सच्चा शरिया कानून सायदै लागू गर्न सक्ला । तालिबानले बचन दिएको छ कि ऊ शरीयतको हिसाबले चल्नेछ ।’
आइएसले घोषणा गरेको छ कि उसको लडाकू जिहादको नयाँ चरणको सुरुवात गरिरहेका छन् ।
आईएसको अनुसार तालिबानले जिततेका छैनन् र यो एक ‘तथाकथित जीत’ हो जसको बन्दोबस्त अमेरिकाले गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण