कर छलेर धमाधम यात्रु उडाउँदै एयरलाइन्सहरू

आन्तरिक तथा बाह्य (अन्तर्राष्ट्रिय) हवाई कम्पनीहरुले कर छलेर धमाधम यात्रु उडाइरहेको फेला परेको छ । आयकर ऐन, २०५८ को दफा ७० अनुसार नेपालबाट बाहिर जाने र नेपाल भित्रै यात्रु बोक्ने ७ एयरलाइन्स कम्पनीहरुले कर छली गरी यात्रु ओसारपसार गरेको पाइएको हो ।
कर छली गर्नेमा आन्तरिक राजस्व कार्यालय, पुतलीसडकमा दर्ता रहेका ५ एयरलाइन्स कम्पनीसहित नयाँ बानेश्वरको १ र टंगालको १ गरी ७ एयरलाइन्स कम्पनी रहेको महालेखापरीक्षकको कार्यालयले जनाएको छ । यी ७ कम्पनीहरूबाट आर्थिक वर्ष २०७५/७६ मा ५१ करोड ९८ लाख ८९ हजार रुपैयाँ कम राजस्व उठेको भन्दै महालेखाले सम्बन्धी कम्पनीहरुलाई छानबिन गरी सोमा लाग्ने शुल्क तथा ब्याजसहित असुल गर्न समेत सरकारलाई निर्देशन गरेको छ ।
आयकर ऐन, २०५८ को दफा ७० अनुसार नेपालबाट प्रस्थान हुने यात्रुको ओसारपसार गर्दा ५ प्रतिशत र नेपालबाट अर्को विदेशी मुलुकमा पुग्ने गरी प्रस्थान नहुने हवाई यातायातमा २ प्रतिशतका दरले कर लाग्ने व्यवस्था छ । उक्त व्यवस्थाअनुसार उडान भर्ने एयरलाइन्सको टिकट जुनसुकै देशबाट जारी भएपनि नेपालबाट प्रस्थान हुने यात्रुको आधारमा हवाई सेवामा कर लाग्ने गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानको बक्यौता भुक्तानी गर्न दुग्ध उत्पादक सहकारीको आग्रह
-
घर सजाउने सौखले रोपेको फूल बन्यो आम्दानीको स्रोत
-
१२ बजे, १२ समाचार : ताप्लेजुङमा हट्यो निषेधाज्ञादेखि प्रकृति लम्साल मृत्यु प्रकरणको थप जानकारीसम्म
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध