ग्लोकल टीन हिरो नेपालमा चुनिए उत्कृष्ठ ६
काठमाडौं । वाईवाई ग्लोकल टिन हिरो २०२१ का अन्तिम ६ प्रतिस्पर्धीको नाम घोषणा भएको छ । देश भरका किशोर किशोरीहरूबाट परेको कुल ६११ आवेदनबाट अन्तिम ६ प्रतिस्पर्धीको नाम घोषणा भएको हो ।
किशोर किशोरीहरूमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्यक्रम ‘वाईवाई ग्लोकल टिन हिरो नेपालको यो सातौं संस्करण हो । यस वर्ष १ सेप्टेम्बर २०२१ मा अनलाइन अवार्ड कार्यक्रम र सम्मेलन मार्फत वाईवाई ग्लोकल टिन हिरो नेपाल विजेताको नाम घोषणा गरिने आयोजकले जनाएको छ ।
किशोर किशोरीहरु समाजसेवा, बालअधिकार, खेलकुद, कृषि, मिडिया, पत्रकारिता, विज्ञान, प्रविधि र उद्यमशीलता, वाताबरण संरक्षणजस्ता विविध क्षेत्रमा काम गरेर सकारात्मक सन्देश प्रवाह गरिरहेका छन । वाईवाई ग्लोकल टिन हिरोका अन्तिम ६ प्रतिस्पर्धीहरुमा अनुराग चापागाईं, दीपक सुतिहार, खुस्बु भण्डारी, नेहा गुरुङ, प्राञ्जल चालिसे, सभ्या राई रहेका छन् ।
अन्तिम ६ प्रतिस्पर्धीको कामको सुरुवात र प्रभावको आधारमा र व्यक्तित्व मापदण्ड, ज्ञान र दुरदर्सनको मापनको लागि अन्तर्वार्ता हुने र २०२१ को बिजेता घोषणा गरिने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्लिस प्रिमियर लिगमा घरेलु टोली एभर्टनले लिभरपुरलाई हरायो
-
गुजरात टाइटन्समाथि दिल्लीको रोमाञ्चक जित
-
अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्व अर्थमन्त्रीसँग सुझाव
-
राहतको प्रतीक्षामा महोत्तरीका अग्निपीडित
-
कतारको चाहना ‘डोमेस्टिक वर्कर’, नेपालको चाहना ‘श्रम समझदारी रिभ्यू’
-
बागमतीको समृद्धि : उत्पादन र रोजगारीमा वृद्धि