शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

पेरिसडाँडामा माओवादी केन्द्रको स्थायी समिति बैठक

आइतबार, ०६ भदौ २०७८, ११ : ४५
आइतबार, ०६ भदौ २०७८

नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा ११ बजेबाट जारी बैठकले नेताहरुको कार्य विभाजन टुंगो लगाउने बताइएको छ । बैठकले नेताहरुको कार्य विभाजन, आसन्न पार्टीको राष्ट्रिय सम्मेलनको तयारीलगायतका सांगठनिक कामलाई टुंगो लगाउने नेता देव गुरुङले जानकारी दिए ।

‘नेताहरुको कार्य विभाजन, आगामी पुस ११, १२ र १३ गते आयोजना हुने राष्ट्रिय सम्मेलनको तयारीलगायतका विषयमा छलफल गरेर टुंगोमा पुगिन्छ’ गुरुङको भनाइ छ । यसअघि सो पार्टीको संगठनका केही विषयहरुको निर्णय गर्न केन्द्रीय समितिले स्थायी समितिलाई जिम्मेवारी दिएको थियो । माओवादीमा केन्द्रीय समितिको रिक्त पदपूर्ति, प्रदेश तथा जिल्लामा रिक्त पदाधिकारीहरूको पूर्ति हुन सकेको छैन ।

शनिबार बसेको बैठकमा सांगठनिक विषय टुंग्याउने विषयमा छलफल थालिएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप