सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

निरीह–अफगान

शनिबार, ०५ भदौ २०७८, २२ : १०
शनिबार, ०५ भदौ २०७८

हुर्रिँदै आए वैरी अचानक, हुरी झैँ तालिबान
सकेन गर्न प्रतिकार अन्त्यमा, हारे अफगान !

राष्ट्रको अध्यक्ष नै भइदिए, देशबाट फरार
जनताहरु अब कहाँ गई, गरून् हारगुहार ?

बाँच्ने जिजीविषाले विमानभित्र, भीड गर्दै पसे
धक्कमधक्कामा बिचरा कोही, विमानबाटै खसे !

मरिने निरिह जनता नै हुन्, विचराको के दोष ?
अहंको मादले मन भाँडिँदा, हुन्छ कसको होश ?

सुनिन्छ नेपालीहरु पनि धेरै, फसेका छन् त्यहाँ,
समाचार सुनेर गाउँघरमा, रुवाबासी यहाँ !

युद्ध कत्ति पनि हैन है राम्रो, कसले बुझिदिने ?
हतियार मतियार दुवै आफै, कस्ले सुनिदिने ?

महाराजगञ्ज, काठमाडौँ
हाल : इटहरी, सुनसरी
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप