आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

नदीमा बेपत्ता रामसिंह अझै भेटिएनन्

शनिबार, ०५ भदौ २०७८, २१ : ५५
शनिबार, ०५ भदौ २०७८

सुर्नया नदीमा बगेर शुक्रबार बेपत्ता भएका बैतडीका एक व्यक्ति अझै भेटिएका छैनन् । जिल्लाको शिवनाथ गाउँपालिका–५ बारुका ४२ वर्षीय रामसिंह साउद शुक्रबार दिउँसो १ बजेतिर सुर्नया नदी तर्ने क्रममा स्थानीय जयते खोला नजिकबाट साउद बेपत्ता भएका थिए । बेपत्ता रहेका रामसिंहको अवस्था अज्ञात रहेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए ।
 
बेपत्ता साउदको प्रहरी र स्थानीयवासीले खोजी जारी राखेका भए पनि लगातारको वर्षाले समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । केही दिनदेखिको लगातारको वर्षाले यहाँको जनजीवन प्रभावित भएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप