विमानस्थलमा विदेशीहरुको अपहरण भएको विषयमा तालिबानको यस्तो प्रतिक्रिया

काबुल विमानस्थल नजिकै विदेशी नागरिकको अपहरण भएको भनी कतिपय स्थानीय सञ्चारमाध्यमले शनिबार सम्प्रेषण गरेको समाचारलाई तालिबानका एक अधिकारीले खण्डन गरेका छन् । काबुलको विमानस्थलमा अझै पनि अमेरिकी नेतृत्वको उद्धार समूहले काम गरिरहेको र अपहरणबारे आएका सूचना फगत हल्ला मात्र भएको ती अधिकारीले बताए ।
“अपहरणबारे रिपोर्ट एउटा हल्ला हो । तालिबान सदस्यहरूले सबै विदेशी नागरिकलाई विमानस्थलमा पहुँच प्राप्त गर्न मद्दत गरिरहेका छन् । हामी विमानस्थलमा पुग्न सबै विदेशीहरूलाई सुरक्षित मार्ग प्रदान गर्न कटिबद्ध छौं,” तालिबानका प्रवक्ता अहमद उल्लाह वासेकले स्थानीय समाचार संस्था इटललाटरोजलाई बताए ।
उनले शनिबार पनि तालिवान फौजले करिब १५० भारतीयलाई विमानस्थलमा सुरक्षित रुपमा प्रवेश गर्न साथ दिने बताए । तालिवानले आइतबार अफगानको राजधानी कब्जा गरे लगत्तै हजारौं अफगानीहरु देश छोड्न काबुल विमानस्थलमा पुगेका छन् ।
शनिबार बिहान तीनवटा उडानले अफगान भूमि छोड्न चाहने व्यक्तिलाई उद्धार गरेको स्थानीय फरहद मोहम्मदीले बताए । हवाई उडान प्रक्रियामा सहयोग गर्न काबुल विमानस्थलमा करिब पाँच हजार अमेरिकी सेनाको खटाइएको छ ।
एक हप्ताको अन्तरालमा विमानस्थलमा भागदौड मच्चिँदा र गोली चल्दा कम्तीमा १२ जनाको मृत्यु भएको छ । तालिबानले मुलुकका अधिकांश भूभाग एक महिनाको अन्तरालमा कब्जा गरेपछि अफगानिस्तानको अवस्था अन्यौलग्रस्त बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इटालियन सिरी’ए : एटलान्टाले घटायो दुरी
-
वीरगन्जमा कर्फ्यू हटयो, चारवटा नाकामा निषेधाज्ञा जारी
-
प्रिमियर लिगको उपाधि सोझै कब्जा गर्ने बाटोमा लिभरपुल
-
एम्बाप्पेले रातो कार्ड खाएको खेलमा रियाल विजयी, बार्सिलोनासँग घटायो अंक दुरी
-
१२ बजे, १२ समाचार : शिक्षकलाई घर फर्काउने गृहकार्यमा मन्त्रालयदेखि ६० लाख लुटपाटबारे डाँकाचोरी मुद्दामा अनुसन्धानसम्म
-
जनक शिक्षाले पाठ्यपुस्तक उपलब्धताबारे बुझ्न देशव्यापी अनुगमन गर्ने