शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

लकडाउनविरुद्ध प्रदर्शन गर्दा अष्ट्रेलियामा हजारौँ गिरफ्तार

शनिबार, ०५ भदौ २०७८, २० : ५६
शनिबार, ०५ भदौ २०७८

अष्ट्रेलियामा लकडाउन विरुद्धमा प्रदर्शनमा उत्रिएका हजारौँलाई पक्राउ गरिएको छ । देशको सबैभन्दा ठूलो र सबैभन्दा धेरै जनसङ्ख्या रहेको सहर सिड्नीबाट प्रहरीले उनीहरुलाई गिरफ्तार गरेको हो ।  प्रदर्शनका क्रममा लकडाउन विरोधी प्रदर्शनकारी र प्रहरीका बीचमा झडपसमेत भएको थियो । यहाँ दैनिक सङ्क्रमितको सङ्ख्या बढीरहेको भन्दै चिन्ता व्यक्त गरिएको छ । 

न्यु साउथ वेल्स प्रदेश सरकारले सिड्नी र त्यस आसपासको क्षेत्रमा आगामी सेप्टेम्बर महिनासम्म लकडाउन लागू गर्ने निर्णय गरिसकेको छ । महामारी नियन्त्रणमा आइनसकेकाले लकडाउनलाई निरन्तरता दिनु आवश्यक रहेको ठहर गर्दै अधिकारीले लकडाउनको म्याद थप गर्ने निर्णय गरेका हुन् । यस क्षेत्रमा लामो समयदेखि लकडाउन जारी छ । सिड्नीको बृहत क्षेत्र र आसपासका क्षेत्रमा लागू गरिएको लकडाउन यही अगस्ट २८ मा सकिन लागेको छ । तर सरकारको नयाँ निर्णयले अहिले लकडाउन अन्त्य नभएर फेरि एक महिना लम्बिने भएको छ ।  

“हामीले खोप लगाइसकेका छौँ, अब सधैँ थुनिएर बस्न सक्दैनौँ, हामी स्वतन्त्रता चाहन्छौँ” प्रदर्शनमा उत्रिएका एक प्रदर्शनकारीले भने ।  प्रदर्शनकारीले लकडाउनको नियम उलङ्घन गरेको भन्दै प्रहरीले उनीहरुलाई प्रदर्शनमा रोक लगाएको थियो । प्रहरीको आदेश अस्विकार गर्नेलाई प्रहरीले गिरफ्तार गरेको हो । 

प्रदर्शनकारी र प्रहरी बीचमा झडप हुँदा कम्तीमा सात अधिकारी घाइते भएको प्रहरी कार्यालयले जनाएको छ । त्यसैगरी प्रदर्शनमा उभिएका २०० भन्दा बढीलाई प्रहरीले गिरफ्तार गरेको छ ।   कतिपय क्षेत्रमा राति ९ बजेदेखि बिहान ०५ बजेसम्म कर्फ्यू पनि लागु गरिएको सरकारी अधिकारीले जनाएका छन् । तर अत्यावश्यक काम, स्वास्थ्य सेवालगायतका लागि भने स्थानीय अधिकारीको अनुमति र समन्वयमा हिँड्डुल गर्न पाइने व्यवस्था गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप