फोहोर नउठ्दा वाग्मती लगायतका नदी प्रदूषित बन्ने खतरा
काठमाडौँ उपत्यकाको फोहोर नउठेपछि वाग्मतीलगायतका नदी किनार प्रदूषित हुन थालेको छ । उपत्यकाको फोहर व्यवस्थापन गरिँदै आएको नुवाकोटको ओखरपौवा जाने सडक बिग्रिएका कारण फोहर नउठेको हो । फोहर नउठेपछि नदी किनारका धेरै स्थानमा फोहोर थुप्रो लागेको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य डा.माला खरेलले जानकारी दिइन् ।
वाग्मती नदीमा बहाव बढेका अवसरमा नदी संरक्षण संस्थाले प्रत्येक वर्ष आयोजना गरेको जलयात्राका क्रममा आज थापाथलीबाट सुन्दरीघाटसम्म पुग्दा नदी किनारका धेरै स्थानमा फोहर थुपारेको भेटिएको उनले सुनाइन् । उपत्यकावासीले फोहर फेरि नदी किनारमा लैजान थालेपछि ४३२ हप्तादेखि सफाइ गरिँदै आए पनि फेरि प्रदूषित बन्ने खतरा बढेको छ ।
वाग्मती सफाइ महाअभियानको ४३२ औँ हप्तामा आज थापाथली क्षेत्रमा सफाइ गरिएको छ । सफाइमा अधिकार सम्पन्न वाग्मती समितिका कर्मचारी अभियानकर्मी, नदी संरक्षण संस्थाका पदाधिकारी एवं सदस्य गरी १५० भन्दा बढीको सक्रियता रहेको थियो । विसं २०७० जेठ ५ गतेदेखि प्रत्येक हप्ता बिहान दुई घण्टा स्वयंसेवी रूपमा वाग्मती सफाइ हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिला यु–१९ एसिया कप : वर्षाले खेल अवरुद्ध
-
गाजामा युद्धविराम हुनेमा अमेरिकी विदेशमन्त्री ब्लिन्केन ‘आशावादी’
-
युक्रेनी युद्धमा कम्तीमा सय जना उत्तर कोरियाली सेनाको मृत्यु
-
आइएमएफबाट कर्जा लिन बिट्क्वाइनमा नीतिमा कटौती गर्दै एल सल्भाडोर
-
अमेरिकामा भेटियो गोप्य चिनियाँ प्रहरी थाना
-
सङ्घीयता कार्यान्वयनसँग जोडिएका कानुनहरूको निर्माणमा सक्रियतापूर्वक लागेको छु: सभामुख घिमिरे