मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

५०४  नेपाली नागरिकको अफगानिस्तानबाट उद्धार

शनिबार, ०५ भदौ २०७८, २० : ००
शनिबार, ०५ भदौ २०७८

अफगानिस्तानबाट नेपाली नागरिकहरूको उद्दार कार्य जारी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।  आज टर्किस एयर तथा  जजिरा एयरको नियमित उडानबाट क्रमशः २६ जना र ९ जना गरी जम्मा ३५ जना स्वदेश फर्किएका छन् । यससँगै हालसम्म कूल ५०४ जना नेपाली नागरिक अफगानिस्तानबाट उद्धार भई काठमाण्डौ आइपुगेको मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

आगमन पश्चात अध्यागमन लगायतका आवश्यक प्रक्रिया पूरा गरी सिसिएमसीको समन्वयमा उनीहरूलाई सामाखुसीस्थित नेपाल सरकारले व्यवस्थापन गरेको होल्डिङ सेन्टरमा स्वास्थ्य मापदण्ड अनुसार कोभिड १९ को परीक्षणलगायतका प्रक्रिया पूरा गरी आवश्यक व्यवस्थापन गरिएको छ।

यस्तै कन्सुलर सेवा विभागको वेभ पोर्टलमा आज साँझ ५ बजेसम्म ३१७ जना नेपालीहरूले आफ्नो विवरण दर्ता गरेको पनि मन्त्रालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप