आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

नागरिक उड्डयन प्राधिकरणले कर्मचारीलाई भन्यो– विरोधका कार्यक्रम रोक्नुहोस्

शनिबार, ०५ भदौ २०७८, १८ : ५९
शनिबार, ०५ भदौ २०७८

नेपाल नागरिक उड्डयन प्राधिकरणले आफ्ना कर्मचारीलाई आन्दोलन रोक्न आग्रह गरेको छ । प्राधिकरणलाई टुक्राउने विधेयक प्रतिनिधिसभामा पुगेपछि कर्मचारीहरु साउन २५ गतेदेखि आन्दोलनरत छन् । आन्दोलनमा उत्रिएका कर्मचारीले साउन २८ देखि महानिर्देशकको कार्यकक्षमा तालाबन्दी नै गरेर विरोधका कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।

त्यसैले प्राधिकरण टुक्राउने विषय हठात आएको नभई लामो प्रक्रियाबाट आएको हुँदा तत्कालका लागि आन्दोलन रोक्न प्राधिकरणले कर्मचारीलाई आग्रह गरेको हो ।  सरकारले प्राधिकरणले हाल सम्हाल्दै आएको विमानस्थलको सञ्चालन र एयर नेभिगेसन सेवा छुट्याउने तयारी गरिरहेको छ ।

यसका लागि नागरिक उड्डयन प्राधिकरणलाई नियामक निकाय र नेपाल हवाई सेवा प्राधिकरण नामको सेवा प्रदायक कम्पनी सञ्चालन गर्ने योजना सरकारले बनाएको छ । यही योजनासहित सरकारले २०७६ साल फागुन ११ गते संघीय संसदमा नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ प्रस्तुत गरेको थियो । ती दुवै विधेयकहरु २०७८ साल श्रावण १८ गते राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधिसभामा आइसकेका छन् ।

यही विषयलाई लिएर प्राधिकरणका युनियनहरूले साउन २५ गतेदेखि निरन्तर आन्दोलन गरिरहेका छन् । यो योजना सरकारले आफ्नो नीति तथा कार्यक्रममै समेटेको छ । यस्तै प्राधिकरण टुक्रयाउन एसियाली विकास बैंकले प्राधिकरणको क्षमता अभिवृद्धि गर्न भन्दै आर्थिक सहयोग समेत गरेको छ । प्राधिकरण टुक्रयाउन लागि स्पेनिस परामर्शदाता कम्पनी इनेकोमार्फत २०६९ सालदेखि नै काम गर्दै आएको थियो ।

सोही कारण एक सूचना जारी गर्दै सम्पूर्ण आन्दोलन र विरोधका कार्यक्रम रोक्न प्राधिकरणले आफ्ना कर्मचारीलाई आग्रह गरेको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप