लागुऔषध मुद्दाका फरार प्रतिवादी ८ वर्षपछि पक्राउ
पर्सामा लागुऔषधसहित एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध चरेस मुद्दाका एक फरार प्रतिवादीलाई ८ वर्षपछि बारा प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा (साविक मिर्जापुर गाविस ९) छिपहरमाई गाउँपालिका १ का ५१ वर्षीय रामेश्वर महतो रहेका छन् । महतो ०७० जेठ २६ देखि फरार थिए । महतो आफ्नै घरको शौचालय पछाडि परालमा लुकाएर राखिएको १८ किलो चरेस बरामद मुद्दामा फरार थिए ।
त्यस्तै प्रहरीले अन्य पाँच फरार प्रतिवादीलाई पनि पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय एकटाँगाबाट खटिएको टोलीले सवारी ज्यान मुद्दाका फरार प्रतिवादीहरु पर्साका सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर १ बस्ने ३५ वर्षीय अनिल सहनी, सोही गाउँपालिकाका ४० वर्षीय किशोर सहनी र ५० वर्षीय भरत सहनीलाई पक्राउ गरेको हो ।
त्यस्तै चरेस मुद्दाका फरार प्रतिवादी पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर १ बस्ने ५२ वर्षीय शेखर महतोलाई पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुस ८ गतेदेखि ब्याडमिन्टन प्रतियोगिता हुने
-
जब विमानस्थलमा विराट कोहली महिला पत्रकारसँग विवादमा ओर्लिए !
-
काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँच जनाको मृत्यु
-
पूर्वाधार निर्माण र सेवा विस्तारमा लगानी बढाउनु पर्छ : पूर्वराष्ट्रपति भण्डारी
-
रविको सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा हाल्नेलाई प्रहरीले कारबाही गर्ने
-
वर्षा बाधक बनेपछि अनिर्णित रुपमा सकियो नेपाल र श्रीलंका बिचको खेल