आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

म सभापतिको उम्मेदवारबाट ब्याक हुन्न : प्रकाशमान सिंह

शनिबार, ०५ भदौ २०७८, १८ : २३
शनिबार, ०५ भदौ २०७८

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सभापतिको उम्मेदवारबाट पछि नहट्ने बताएका छन् । शनिबार काठमाडौंको चन्द्रागिरी नगर समितीले आयोजना गरेको एक दिने विचार गोष्ठी कार्यक्रममा नेता सिंहले आफु सम्पूर्ण रुपले पार्टीको सभापति बन्न सक्षम रहेको भन्दै पछि नहट्ने बताए  । आमजनताको दुःखमा मलमपट्टी लगाउनको लागि भए पनि आफू काँग्रेस सभापति बन्नुपर्ने सिंहको भनाइ छ । ‘आम जनताको दुःखमा मलमपट्टि लगाउनको लागि भए पनि म काँग्रेसको सभापति बन्नु पर्छ’ नेता सिंहले भने, ‘सबैलाई मिलाउन सक्ने क्षमता छ । पार्टी सञ्चालन गर्न सक्ने क्षमता छ । म किन पार्टी सभापति नबन्ने ? त्यसैले सभापतिको उम्मेदवारीबाट हुँदिन।’

साथै नेता सिंहले १३ औं महाधिवेशन पछि अहिले नेपाली काँग्रेस इतिहासकै कमजोर अवस्थामा पुगेको बताए  । नेतृत्व गलत भएपछि इतिहास बोकेको पार्टी पनि कमजोर हुने बताउँदै उनले क्षमता नभएका र काम गर्न नसक्नेलाई फेरि पनि मौका दिए आफ्नो खुट्टामा आफै बन्चरो प्रहार गरे सरह हुने टिप्पणी गरे ।

यस्तै उनले कम्युनिष्टहरुले काँग्रेसलाई सहयोगी पार्टीको रुपमा प्रयोग गर्न खोजेको बताए  । नेता सिंहले जनता र देशलाई संकट पर्दा काँग्रेसले नै साथ दिने भन्दै काँग्रेस जनताको पार्टी जनताको पार्टी भएको दाबी गरे । साथै केही व्यक्तिहरुले आफ्नो स्वार्थका लागि क्रियाशील सदस्यता वितरणमा अनियमितता गर्दा वर्षौदेखि पार्टीमा संघर्ष गरेका नेता कार्यकर्ता निराश भएको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप