शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

११ वर्षदेखि अनिर्णयको बन्दी : अनुमतिबिनै १४ मेडिकल कलेज सञ्चालनमा

शनिबार, ०५ भदौ २०७८, १७ : १८
शनिबार, ०५ भदौ २०७८

सरकारले निर्णय गर्न नसक्दा १४ वटा मेडिकल कलेज वर्षैदेखि अनुमति विनै सञ्चालनमा रहेका छन् । किष्ट मेडिकल कलेज, मणिपाल शिक्षण अस्पताल, नेशनल मेडिकल कलेज लगायतका मेडिकल कलेज अनुमति बिनै ​ सञ्चालनमा रहेका हुन् ।

महालेखा परीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको प्रतिवेदन अनुसार सरकारले ११ वर्षदेखि निर्णय गर्न नसक्दा यस्तो भएको हो । ती मेडिकल कलेजहरूले सरकार समक्ष सञ्चालनको अनुमति माग गर्दै निवेदन पेस गरिसकेका छन् ।

तर, राष्ट्रिय भवन संहिता, २०६० बमोजिम भवन निर्माण भएको कागजात पेस नभएकाले अनुमति दिने विषयमा निर्णय भइसकेको छैन । अनुमतिको सञ्चालनमा माग्नेमा कुल ७ हजार ४६१ शय्याको स्वास्थ्य संस्था रहेका छन् ।

तर, सरकारले सञ्चालनको अनुमति नदिए पनि स्वास्थ्य संस्था सञ्चालन भइरहेका छन् । यसरी, ११ वर्षदेखि राज्य अनुमति दिने÷नदिने निर्णयविहीन रहनु उचित नदेखिने कार्यालयले बताएको छ । यस सम्बन्धमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आवश्यक निर्णय लिनुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप