भुग्देउका २ सय ३३ घरधुरीमा खानेपानी पुर्याइने
काभ्रेको बेथानचोक गाउँपालिका–६ भुग्देउमा खानेपानी आयोजना सम्पन्न गर्नेगरी समझदारी पत्रमा हस्ताक्षर भएको छ । भुग्देउ–६ का २ सय ३३ घरधुरीले यस आयोजनाबाट लाभ लिनेछन् । गाउँपालिका र रोटरी क्लब बौद्धको संयुक्त लगानीमा निर्माण हुने यस आयोजनामा नेपाल स्वास्थका लागि पानी(नेवा) को प्राविधिक र सिउरानी भन्ज्याङ्खर्क खानेपानी तथा सरसफाइ समितिको सहयोग रहनेछ ।
५ भदौमा रोटरी क्लब बौद्धका अध्यक्ष आङ् कुसाङ शेर्पा, बेथानचोक गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिना, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी, नेवा संस्थाका तर्फबाट प्राबिधिक प्रबन्धक अरुणकुमार श्रेष्ठ र सिउरानी भञ्ज्याङ्खर्क खानेपानी तथा सरसफाइ समितिका अध्यक्ष रामबहादुर तामाङले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
खानेपानी आयोजनाको कुल अनुमानित लागत करिब २ करोड रुपैयाँ छ । आयोजना सम्पन्न गर्न नेवा संस्थामार्फत रोटरी क्लब बौद्धले ९२ लाख ७३ हजार ९ सय ४३ रुपैयाँ रकम उपलब्ध गराउनेछ भने बेथानचोक गाउँपालिकाले ५० लाख रुपैयाँ बजेट उपलब्ध गराउनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ककटेल २ बाट दिपिका बाहिर
-
३१.४३ अंकले घट्यो सेयर बजार, परिसूचक २६०० मुनि
-
अफगानिस्तानमा दुई यात्रुवाहक बस दुर्घटना, कम्तीमा ५० जनाको मृत्यु
-
दलित समुदायको अधिकारसम्बन्धी विधेयक संसदमा पेस गर्न सरकारलाई निर्देशन
-
पुस ८ गतेदेखि ब्याडमिन्टन प्रतियोगिता हुने
-
जब विमानस्थलमा विराट कोहली महिला पत्रकारसँग विवादमा ओर्लिए !