बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

के कोभिड १९ विरुद्धको खोपले गर्भवती हुने योजनामा असर गर्छ ?

यस्तो छ विज्ञहरूको जवाफ
शनिबार, ०५ भदौ २०७८, १६ : ४०
शनिबार, ०५ भदौ २०७८


भारतमा मात्र कोभिड–१९ खोपको ५७ करोडभन्दा धेरै डोज प्रयोग भइसकेको छ ।  यसमा ३० करोड १३ डोज पुरुषले लिएका छन् भने २६ करोड ८९ लाख डोज महिलाहरूले लिएका छन् । खोप लगाउने मामिलामा पुरुषको दाँजोमा महिला पछाडि भएपछि राष्ट्रिय महिला आयोगले सबै आयोगका मुख्य सचिवहरूलाई पत्र लेखेर लैङ्गिक अन्तर घटाउन निर्देशन दिएको छ । ताकि, धेरैभन्दा धेरै महिलाहरूले खोप लगाउन् । 

खोप लगाउनका लागि महिलाहरू भारतमा मात्रै हिच्किएका होइनन् । अस्ट्रेलियाको मेलबर्न इन्स्टिच्युटको एक अध्ययनअनुसार १८ देखि ४४ वर्षका महिलाहरूमा खोप लगाउने विषयलाई लिएर सबैभन्दा ठूलो हिचकिचाहट छ । यी महिलाहरूलाई खोप लगाउँदा गर्भवती हुने सम्भावनामा असर गर्छ भन्ने डर छ । पछिल्लो साता बीबीसीको एक रिपोर्टमा दाबी गरिएको छ ः गर्भधारण, गर्भपतनलगायत विषयमा कोभिड १९ खोपलाई जोडेर मानिसलाई गुमराहमा राख्ने गरी इन्टरनेटमा जानकारीहरू सर्कुलेट भइरहेका छन् । यसले पनि महिलाहरूलाई प्रभावित गर्न सक्छ । 

गर्भधारण गर्ने योजना बनाइरहेका महिलाहरूले खोप लगाउने वा नलगाउने ? प्रश्न यही हो । के खोपले गर्भधारण प्रभावित हुन्छ ? के महिलाहरूले खोप लगाउनुपर्छ ? अहमदाबादकी डाक्टर अंकिता दुबे –नारायण मल्टिस्पेशलिटी हस्पिटलमा कन्सल्टेन्ट अब्स्टेट्रिशिय गायनोकोलोजिस्ट र लेप्रोस्कोपिक सर्जन) तथा जयपुरका डाक्टर सी.पी दाधीच –निर्देशक, अब्स्टेट्रिक्स, गायनोकोलोजी र आईभीएफ, फोर्टिस इस्कर्टस् अस्पताल) ले यस विषयमा उब्जेका प्रश्नहरूको जवाफ दिने कोसिस गरेका छन् । 

प्रश्न : के खोपले महिलाको महिनावारी र गर्भधारणलाई प्रभावित गर्न सक्छ ?

– खोप लगाइसकेपछि महिनावारीमा ढिलाइ हुनु पनि एक साइड इफेक्ट हो, पछिल्ला केही महिनामा खोपको डाटाले यही देखाएको छ । इन्टरनेटमा यसलाई लिएर चर्चा भइरहेको छ । यसबारे क्लिनिकल रिसर्च पनि सुरु भएको छ । सुरुवाती डाटाका अनुसार महिनावारीका दौरान ब्लिडिङ कम÷ ज्यादा हुने, महिनावारी ढिला हुने आदी समस्या ठूलो रूपमा देखिएका छन् । 

– खोपले महिनावारीलाई प्रभावित गर्छ भन्ने कुनै वैज्ञानिक प्रमाण भेटिएको छैन । महिलाहरूले यसलाई गर्भधारणसँग जोडेर हेरिरहेका छन् ।  यही कारण १८ देखि ३५ वर्ष उमेरका महिलाहरूबीच खोपको प्रतिशत निकै कम छ । 

के खोप लगाउँदा गर्भवती हुने सम्भावना प्रभावित हुन्छ ?

– हुँदैन । कोभिड १९ खोपका कारण गर्भवती हुने सम्भावनामा असर गर्छ भन्नेबारे कुनै प्रमाण भेटिएको छैन । यसको कुनै बायोलोजिकल कारण पनि बाहिर आएको छैन । अध्ययनले यस्तो कुनै सङ्केत गरेको छैन । 

– फाइजरले एक अध्ययन गराएको थियो । यसमा खोप लगाउने र खोप नलगाएका महिलाहरूलाई अलग–अलग समूहमा राखिएको थियो । दुवै समूहमा गर्भवती हुनेको दर बराबर नै थियो । यो अध्ययन महिनावारी चाडै वा ढिलो हुने विषयमा थियो, खोपको डोज लगाएकै कारण कुनै तरिकाले गर्भधारणमा खतरा हुने सङ्केत देखिएन । 

के नियामक निकायले यसबारे कुनै अलर्ट जारी गरेका छन् ?

– छैन । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी) र अब्स्टेट्रिशियन समूहहरूले पनि गर्भवती महिलाहरूलाई खोप लगाउने अनुमति दिएका छन् । भारत सरकारले पनि पछिल्लो महिना गर्भवती महिलाहरूलाई खोप कार्यक्रममा समावेश गरेको थियो । 

– गर्भवती महिलाहरू यदि कोभिड १९ बाट प्रभावित हुन्छन् भने उनीहरूलाई आईसियुमा भर्ती गर्दा धेरै जोखिम देखिन्छ । उनीहरूको स्वास्थ्य बिग्रन्छ र मृत्यु हुने खतरा पनि धेरै रहन्छ । यही कारण उनीहरूलाई कोभिड १९ खोप लगाउने सल्लाह दिइएको छ । 

– सिडिसीले खोप लगाएका हजारौँ गर्भवती महिलाहरूको डाटा जुटाएको थियो । जसअनुसार महामारीका कारण पहिले जुन भयावह स्थिति बनेको थियो, त्यो कम हुँदैछ । यसअघि कोभिड १९ सङ्क्रमणका कारण बच्चा चाडै जन्मने र स्टिल बर्थजस्ता समस्या देखिएको थियो । 

– डाक्टर दुबेका अनुसार खोपका कारण गर्भवती हुने सम्भावनामा कुनै असर गर्दैन । सुरुवाती अध्ययनले पक्कै पनि डर सिर्जना गरेको थियो, तर अहिले धेरै अध्ययनहरु भइसकेका छन् र ती अध्ययनहरूले खोप र गर्भवती हुने विषय सम्बन्धित नरहेको जनाइरहेका छन् । 

के गर्भवती अवस्थामा खोप लगाउनु सुरक्षित छ ?

 –  हो, भारत सरकारले जारी गरेको नयाँ निर्देशिकामा गर्भवती अवस्थामा खोप लगाउनु सुरक्षित रहेको उल्लेख छ । सबै मानिसलाई कोभिड १९ विरुद्ध खोप लगाउन जरुरी     छ । यसअघि फेडेरेशन अफ अब्स्टेट्रिक एन्ड गायनोकोलोजीले पनि गर्भवती अवस्थाका र बच्चालाई दूध खुवाइरहेका महिलाहरूका लागि पनि खोप सुरक्षित रहेको जनाएका थिए । 

– डा. दाधिचका अनुसार कोभिड १९ खोप र गर्भधारणबीच कुनै लेनदेन छैन । खोपको सुरुवाती परीक्षणमा गर्भवती महिलालाई समावेश गरिएको थिएन, तर अब अध्ययनपछि उनीहरूलाई पनि खोप लगाउने सल्लाह दिइएको छ । 

– कोभिड १९ खोपले संक्रमण र गम्भीर लक्षण हुने खतरालाई कम गर्छ । यसले आमा र उनीहरूका शिशुलाई सङ्क्रमणबाट जोगाउँछ । यस्तोमा सबै महिलाहरूले खोप लगाउन जरुरी छ । उपलब्ध भएसम्म खोप लगाउनुपर्छ । चाहे तपाई बच्चा गर्भधारणको योजना बनाइरहनु भएको वा गर्भवती नै भएको अवस्था किन नहोस् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप