बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

कुल आचार्यद्वारा एनआरएनए आईसीसी अध्यक्षमा उम्मेदवारी घोषणा

सोमबार, ०७ भदौ २०७८, ११ : ०२
सोमबार, ०७ भदौ २०७८

गैरआवासीय नेपाली संघ एनआरएनएका सल्लाहकार तथा पूर्व उपाध्यक्ष कुल आचार्यले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । पर्वतको धाइरिङमा जन्मिएका आचार्य विगत दुई दशकदेखि बेलायतलाई कार्यक्षेत्र बनाएर व्यवसायमा संलग्न छन् । 

आचार्यले एनआएनएनएमा देखिएको चरम लापरबाही, व्यक्तिगत र गुटगत स्वार्थलाई निरुत्साहित गर्न अध्यक्षमा उम्मेदवारी दिएको बताए । उनले संस्थाको सुदृढीकरण र शुद्धीकरण आफ्नो पहिलो प्राथमिकता रहेको बताए । 
नवौं महाधिवेशनमा पनि उनी अध्यक्षका प्रत्यासी थिए । संघको दशौं महाधिवेशन अक्टोबर २३ देखि २५ सम्म काठमाडौंमा हुनेछ । विश्वका ८५ वटा देशमा एनआरएनएले आफ्नो शाखा बिस्तार गरिसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप