सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जनै र क्वाँटीको व्यापार ह्वात्तै घट्यो

शनिबार, ०५ भदौ २०७८, १४ : ३१
शनिबार, ०५ भदौ २०७८

जनै र जनै पूर्णिमाको रातमा खाइने क्वाँटीको व्यापार ह्वात्तै घटेको व्यापारीहरुले बताएका छन ।  जनै पूर्णिमाको अघिल्लो दिन शनिबार बिहान काठमाडौंको असन बजारमा टोलाएर बसेका व्यापारीहरुले जनै र क्वाटी दुवैको व्यापार गत वर्षको भन्दा धेरै कम भएको बताएका हुन । असनका स्थानीय व्यापारी साहित्यरत्न तुलाधरले गत वर्षको भन्दा यस वर्ष क्वाटीको व्यापार धेरै कम भएको बताए । क्वाटी तागत दिने खानेकुरा भएपनि यसको व्यापार यस वर्ष धेरै कम भएको उनको भनाई छ । तुलाधरले भने, ‘व्यापार यसपाली त्यति छैन । धेरै कम छ । क्वाँटी वर्षमा एक पटक खानुपर्ने हो । तर यसको व्यापार कम छ ।’

यसैबीच असन चोकमै जनै व्यापार गरिरहेका दोलखाका दुर्गाप्रसाद उपाध्याय न्यौपानेले मानिसहरुले जनै खरिद गर्न नै छाडिसकेको प्रतिक्रिया दिए । उनले कोही कोही बुढाबुढीले जनै लगेपनि युवाहरु धेरैले यसलाई लगाउनै छाडिसकेको अनुभव सुनाए । न्यौपानेले १५ र २५ रुपैयाँ दरका जनै व्यापार गर्ने  गरेका छन् । तर ग्राहक पाउनै समस्या भएको उनको गुनासो छ ।

जनै पूर्णिमालाई हिन्दुहरुको विशेष पर्व मानिन्छ । तर कोरोनालगायतका प्रभावका कारण जनै र क्वाँटीको व्यापार भने कम हुँदै गएको व्यापारीहरूको बुझाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप