आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

कोटेश्वरबाट खैरो हेरोइनसहित युवक पक्राउ

शनिबार, ०५ भदौ २०७८, १३ : ४०
शनिबार, ०५ भदौ २०७८

काठमाडौंको कोटेश्वरस्थित नरेफाँटबाट प्रहरीले लागुऔषध (खैरो हेरोइन) सहित एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको तेमाल गाउँपालिका–८ घर भएका ३० वर्षीय बिक्रम तामाङ छन् ।  महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले उनको साथबाट १० ग्राम खैरो हेरोइन र औषधीजन्य लागु औषध बरामद गरेको छ ।

बिक्रमको साथबाट डाइजेपाम ९९ एम्पुल, फेनारगन १०० एम्पुल र नुर्फिन १०१ एम्पुल बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरीले नरेफाँटस्थित उनको डेराबाट सो लागु औषध बरामद गरेको हो । 

आरोपी यसअघि पनि लागु औषध मुद्दामा जेल बसेर छुटेको थाहा भएको महानगरीय प्रहरी प्रभाग कोटेश्वरका इन्सपेक्टर शुरेस भट्टले रातोपाटीलाई बताए । तामाङको साथबाट प्रहरीले ८ थान मोवाइल पनि बरामद गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप