शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

माधव पक्षका युवाद्वारा त्रिभुवन विश्वविद्यालय परिसरमा सरसफाई

शनिबार, ०५ भदौ २०७८, १३ : ३१
शनिबार, ०५ भदौ २०७८

माधव नेपालको पक्षमा उभिँदै आएको राष्ट्रिय युवा संघ नेपाल अन्तरगतको पिपुल्स भोलेन्टियर्सले काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा पनि सफाई गरेको छ । ‘महिनाको २ दिन २ घण्टा राष्ट्रका लागि’ अभियान सञ्चालन गरेको पिपुल्स भोलेन्टियर्सले शनिबार बिहान १ घण्टा त्रिभुवन विश्वविद्यालय परिसरमा सरसफाई गरेको हो ।

राष्ट्रप्रतिको युवाहरुको दायित्वबोध गराउन आफूहरुले स्वयमसेवी ढंगले शिक्षण संस्था र स्वास्थ्य क्षेत्रहरुमा रहेका फोहोरमैला हटाउने अभियानलाई निरन्तरता दिएको पिपुल्स भोलेन्टियर्सका नेता खेम भण्डारी शाहीले जानकारी दिए । उनले राष्ट्र निर्माणको अभियानमा स्वयमसेवी ढंगले अघि बढन पनि सबै युवाहरुलाई आह्वान गरे ।

नेता भण्डारीले भने, ‘हाम्रो समाजमा जुन सचेत युवाहरु छन । सक्रिय युवाहरु छन । उनीहरुलाई राष्ट्रप्रतिको दायित्वबोध गराउन कम्तिमा पनि महिनाको २ दिन २ घण्टा राष्ट्र निर्माणका लागि स्वयम्सेवी ढंगले योगदान गर्न प्रेरित गर्ने गरी यो अभियान सुरु गरेका छौं । म राष्ट्र निर्माणको यो अभियानमा सबै युवाहरुलाई सहभागी हुन आह्वान गर्दछु ।’ 

पिपुल्स भोलेन्टियर्सले यस अघि काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पताल परिसरमा पनि सफाई गरेको थियो । शिक्षा र स्वास्थ्य क्षेत्रमा सचेत युवाहरुको पंक्ति ठूलो भएकाले उनीहरु संलग्न संस्थाहरुको सफाई अभियान सुरु गरेर राष्ट्र निर्माणको अभियानलाई तीव्रता दिन आफूहरुले चाहेको पिपुल्स भोलेन्टियर्सको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप