शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मलेसियामा ज्यान गुमाएका ८ नेपालीको शव काठमाडौँ ल्याइयो

शनिबार, ०५ भदौ २०७८, १३ : १८
शनिबार, ०५ भदौ २०७८

वैदेशिक रोजगारीको क्रममा मलेसियामा कार्यरत रहँदा ज्यान गुमाएका ८ कामदारको शव शनिवार काठमाडौँ ल्याइएको छ । ८ जनाको शवका साथै अन्य १६ जनाको अस्तु पनि नेपाल ल्याइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

मृतकहरू रोजगारीको क्रममा मलेसियामा विभिन्न दुर्घटना र अन्य घटनामा परेर ज्यान गुमाएकाको र उनीहरूको त्यहीं दाहसंस्कार गरिएकाले अस्तु मात्रै नेपाल ल्याइएको जनाइएको छ । केहीको भने मलेसियामै रहँदा कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमेकाका कारण उनीहरूको अस्तु मात्रै नेपाल ल्याइएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप