शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

कोदारी राजमार्ग आंशिकरूपमा सञ्चालन

शनिबार, ०५ भदौ २०७८, १३ : १३
शनिबार, ०५ भदौ २०७८

गत असार १ को बाढी र पहिराले कटान गरेको कोदारी राजमार्ग मर्मतपछि आंशिकरूपमा सञ्चालनमा आएको छ । महिना दिनदेखि सडक खुलाउन प्रयास हुँदै आएकामा अब   केही साताभित्र पूर्ण सञ्चालनमा आउने  भएको छ चरिकोट सडक डिभिजन कार्यालयका इञ्जिनीयर विजय महतोका अनुसार सडक निर्माणका साथै  भत्किएको लिपिङ पुलको दुवैपट्टि जगमा ढुङ्गा भरेर जालीको गाह्रो उठाइएको  छ ।

नेपालीको महान् चाडपर्व नजिकिएकाले व्यापारी वर्गले चीनबाट खरिद गरेका सामान आयातका लागि पनि तातोपानी नाका छिटै सञ्चालन गरिनुपर्ने आवश्यकता रहेको उनले बताए । चीनसँगको छोटो दूरीको तातोपानी नाकाबाट अहिले निर्यात ठप्प छ । आयात पनि सहज ढङ्गले भएको छैन । पटकपटक सम्बन्धित निकायको ध्यानाकर्षण गराइए पनि राजमार्ग सञ्चालनमा उचित पहल नभएको व्यवसायीहरूले गुनासो गर्दै आएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप