मध्यपहाडी लोकमार्ग अन्तर्गत अवरुद्ध सडक एकतर्फी सुचारु
शनिबार, ०५ भदौ २०७८, १३ : ०३

मध्यपहाडी लोकमार्ग अन्तर्गत रुकुम पूर्वको भूमे गाउँपालिकामा अवरुद्ध भएको सडक एकतर्फी सुचारु भएको छ । अविरल वर्षाका कारण माथिबाट आएको पहिरोले अवरुद्ध भएको मध्यपहाडी लोकमार्ग शनिबार बिहानदेखि सुचारु भएको हो ।
शुक्रबार दिनभर र शनिबार बिहान दुई वटा जेसिबी लगाएर पहिरो पन्छाएपछि बाटो एकतर्फी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक गणेशबहादुर श्रेष्ठले जानकारी दिए । सडक एकतर्फी खुलेपछि अलपत्र सवारी साधनहरू गन्तव्यतिर लागेका छन् । जिल्ला भित्रै चल्ने सवारी साधन र रुकुमकोटबाट बागलुङ, पर्वत, बुटवल, पोखरा, काठमाडौँसम्म जाने सवारी साधनलाई पनि सहज भएको छ ।
उक्त सडक खण्डमा कमजोर भूगोलका कारण वर्षाको समयमा बेला बेला सडक अवरुद्ध हुँदा सवारी साधन र यात्रुले सास्ती खेप्दै आएका छन् ।।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरियामा चार दिनदेखि डढेलो, नियन्त्रणमा चुनौती
-
एकीकृत समाजवादीको झापा अध्यक्षमा भट्टराई
-
बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा
-
गर्मी बढेसँगै सर्पको बिगबिगी
-
१० बजे १० समाचार : ३७ संशोधन अस्वीकृत गर्दै सरकारको नीति तथा कार्यक्रम पारित, प्रचण्डले खोजे हर्क साम्पाङको साथ
-
नोरा फतेहीको नेपाल कार्यक्रम : दुर्गेशसँग स्टेज सेयरदेखि सम्पदा भ्रमणसम्म