त्रिकोणात्मक सिरिज खेल्ने क्रिकेट टोलीको घोषणा

आइसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत नेपाल, अमेरिका र ओमानबीच ओमानमा हुने त्रिकोणात्मक सिरिज र पपुवा न्युगिनी (पिएनजी)सँग हुने एक दिवसीय सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले आज १७ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ । ज्ञानेन्द्र मल्लको कप्तानीमा सिरिज भ्रमण गर्न लागेको टोलीमा तीब्र गतिका बलर गुल्सन झा पहिलोपटक राष्ट्रिय टोलीमा परेका छन् ।
मेयर्स कप क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका तीब्र गतिका बलर गुल्शन पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेपछि प्रारम्भिक टोलीमा सामेल भएका थिए । सिरिजका लागि घोषणा भएको टोलीमा स्थान बनाएका गुल्शनले पहिलोपटक राष्ट्रिय जर्सी पहिरिने मौका पाएका हुन् ।
गुलशनसँगै अर्का तीव्र गतिका बलर विक्रम शोब, शरद भेषवाकर र रोहितकुमार पौडेल पुनः राष्ट्रिय टोलीमा स्थान बनाएका छन् । त्रिकोणात्मक सिरिजमा नेपालले ओमान र अमेरिका सँग २÷२ खेल खेल्ने छ भने उक्त सिरिज अगाडि पिएनजीसँग दुई एक दिवसीय खेल खेल्नेछ । त्यसका लागि नेपाली टोली मंगलबार बिहान ८ बजे सलाम एयरबाट ओमान जाने तालिका रहेको छ । नेपालले सिरिज र पिएनजीसँग ओमानमा नै प्रतिस्पर्धा गर्नेछ । त्रिकोणात्मक सिरिज अगाडि पिएनजीसँग नेपालले भदौ २० पहिलो र भदौ २३ दोस्रो खेल खेल्नेछ । ओमानमा नै रहने टोलीले चार दिन पछि त्रिकोणात्मक सिरिज खेल्नेछ । यद्यपि, खेल तालिका भने सार्वजनिक भएको छैन ।
लिग टु मा नेपालले अहिलेसम्म चार खेल खेलेको छ । जसमा दुई जित निकाल्दा दुई खेलमा नतिजा सुम्पिएको छ । घरेलु मैदानमा ओमान र अमेरिकासँग नेपालले ४ खेल खेलिसकेको छ । लिगमा नेपालले ४ खेलमा ४ अंक जोडेको छ । नेपाल छैटौं स्थानमा रहेको छ । ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । १२ खेलमा १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ । पिएनजीले ८ खेल खेल्दा अंकको खाता खोल्न सकेको छैन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपाको ७६ औँ वर्षगाँठ : विशेष कार्यक्रम गर्दै एमाले
-
लामो समय विद्यालय बन्द हुँदा विद्यार्थी कुलतमा
-
कक्षा १२ को परीक्षाबारे निर्णय गर्न आज बोर्ड बैठक बस्ने
-
वडा सदस्य महतोको लोभलाग्दो मेवाखेती
-
समस्याग्रस्त सहकारीको व्यवस्थापन गर्न बनेको समिति नै समस्यामा
-
अमेरिकामा पनि भव्यताका साथ मनाइयो बिस्का जात्रा (तस्बिरहरू)