सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

बेन्जेमा २०२३ सम्म रियलमै रहने

शनिबार, ०५ भदौ २०७८, ११ : ४४
शनिबार, ०५ भदौ २०७८

रियल म्याड्रिडका कप्तान करिम बेन्जेमाले क्लबसँगको सम्झौता २०२३ सम्मका लागि लम्ब्याएका छन् ।  फ्रान्सेली स्टार बेन्जेमा २००९ मा रियल आएका थिए । 

उनले त्यसयता १२ वर्षमा २ सय ८१  गोल गरिसकेका छन् । जसमध्ये उनले पछिल्ला तीनवटा ला–लिगा सिजनमा २० भन्दा धेरै गोल गरेका हुन् । ३३ वर्षीय बेन्जेमा रियलका सर्वकालीन सर्वाधिक गोलकर्ताको सूचीमा पाँचौ नम्बरमा छन् । 

यस सिजन पनि उनले उत्कृष्ट सुरुवात गरेका छन् । रियलले यसै साता अलाभेसविरुद्ध ४–१ को जीत निकाल्दा बेन्जेमाले दुई गोल गरेका थिए ।  यसअघि बेल्जियमका गोलकिपर थिवाउट कोर्टवासँग पनि रियलले पाँच वर्षको नयाँ सम्झौता गरेको छ । जसअनुसार २०२६ सम्म कोर्टवा रियलमै रहनेछन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप