भियाग्राको 'साइड इफेक्ट' : बान्ता हुने र कान सुन्नमा समस्या

person explore access_timeभदौ ५, २०७८ chat_bubble_outline0

शारीरिक सम्पर्कलाई सक्रिय बनाउन भियाग्रा जस्ता औषधिहरुको प्रयोग गर्ने गरिन्छ । यसले यौन क्षमता कमजोर भएका पुरुषहरुको यौन क्षमता बढाउँछ । चिकित्सकले कमजोर यौन क्षमता भएका पुरुषहरुलाई भियाग्रा खाने सल्लाह दिन्छन् । तर, चिकित्सकले भियाग्राको प्रयोग सुरक्षित मान्दैनन् । 

भियाग्राको प्रयोग गर्ने पुरुषहरुमा बाहिरोपनको समस्या आइरहेको छ । ब्रिटेनमा भियाग्रा प्रयोग गर्नेहरुले पछिल्ला पाँच वर्षमा धेरै प्रकारका समस्याहरु झेल्नुपरेको बताएका छन्  ।

प्लेब्वाई बोस नामका एक चर्चित ह्युग हेफनरले एक पटक धेरैवटा भियाग्रा सेवन गरेका थिए जसको कारण उनमा बहिरोपना आएको थियो । सन् २०१७ मा ९१ वर्षको उमेरमा निधन भयो ।

अन्य प्रयोगकर्ताहरुले उनीहरुको गोप्य अंगमा समस्या आएको बताए । उनीहरुले लामो समयसम्म पीडा महसुस गरेको बताए ।

रिपोर्टका अनुसार जेनरिक भर्जन सिल्डेनाफिल र भियाग्रासँग जोडिएका ५४३ साइड इफेक्ट छन् । यो आंकडाका सन् २०१७ पछि पीरियडलाई कभर गर्छ । 

भियाग्रा लिनेहरुलाई बान्ता हुने, बेहोश हुने, पेट फुल्ने, कम्मर दुख्ने, कन्फ्युजन र स्मरणशक्ति घट्ने जस्ता साइड इफेक्ट देखिए । 

यसका साथै, अर्का एकजना प्रयोगकर्ताले आँखाको रोशनीमा समस्या परेको पनि बताए । यसको प्रयोगपछि शरीरका विभिन्न अंगमा निलो निलो दाग देखिन थाले । भियाग्राको मात्रा बढी भएमा अन्धोपना पनि आउने चिकित्सकले बताएका छन् । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।