शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा १ सय ५१ दिन यताकै सबैभन्दा कम सक्रिय संक्रमित

शनिबार, ०५ भदौ २०७८, ११ : १२
शनिबार, ०५ भदौ २०७८

भारतमा पछिल्लो २४ घण्टामा ३४ हजार ४ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सो समयावधिमा ३७५ जनाको संक्रमणका कारण मृत्यु भएको छ । आइसीएमआरको तथ्याँकअनुसार भारतमा यसबेला ३ लाख ६१ हजार ३ सय ४० सक्रिय संक्रमित रहेका छन्, जुन १५१ दिन यताकै कम हो ।

पछिल्लो तथ्याँकअनुसार २४ घण्टामा १७ लाख २१ हजार २०५ जनाको कोरोना परीक्षण गरिएको छ भने ५७ करोड ६१ लाखभन्दा बढी भारतीयले कोरोना विरुद्धको खोप लगाइसकेका छन् ।   

भारतमा अहिलेसम्म ३ करोड २३ लाख जनामा संक्रमण पुष्टि भैसकेको छ भने ४ लाख ३३ हजार जनाको संक्रमणबाट मृत्यु भैसकेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप