लोकगायक प्रेमराजा महतलाई दमौलीमा सम्मान
आइतबार, १२ कात्तिक २०७४, १७ : ५२
तनहुँ– लोक संस्कृतिको क्षेत्रमा गरेको योगदानको उच्च मूल्यांकन गर्दै नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद तनहुँले वरिष्ठ लोकगायक प्रेमराजा महतलाई दमौलीमा सम्मान गरिएको छ ।
जारी दोस्रो अदिवासी जनजाति तनहुँ साँस्कृतिक महोत्सब २०७४ मा तनहुँमा जन्मेर कला र साहित्यको क्षेत्रमा जिल्लालाई विश्वभर चिनाएको तथा जिल्लाको विकासमा योगदान पुर्याएको भन्दै महतलाई सम्मान गरेको महोत्सवका निर्देशक शंकरनारायण श्रेष्ठले जनाएका छन् ।
निर्देशक श्रेष्ठले महतलाई सम्मान पत्र प्रदान गरेका थिए । महोत्सवका मुल संयोजक दीर्घ दरैले गायक महतलाई भाङग्रा (मगर पोशाक) ओढाएर सम्मान गरेका थिए ।
कार्यक्रममा बोल्दै सम्मानित भएका महतले जिल्लाको विकासको लागि आफू सधैं प्रतिबद्ध रहेको बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण