लोकगायक प्रेमराजा महतलाई दमौलीमा सम्मान
आइतबार, १२ कात्तिक २०७४, १७ : ५२

तनहुँ– लोक संस्कृतिको क्षेत्रमा गरेको योगदानको उच्च मूल्यांकन गर्दै नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद तनहुँले वरिष्ठ लोकगायक प्रेमराजा महतलाई दमौलीमा सम्मान गरिएको छ ।
जारी दोस्रो अदिवासी जनजाति तनहुँ साँस्कृतिक महोत्सब २०७४ मा तनहुँमा जन्मेर कला र साहित्यको क्षेत्रमा जिल्लालाई विश्वभर चिनाएको तथा जिल्लाको विकासमा योगदान पुर्याएको भन्दै महतलाई सम्मान गरेको महोत्सवका निर्देशक शंकरनारायण श्रेष्ठले जनाएका छन् ।
निर्देशक श्रेष्ठले महतलाई सम्मान पत्र प्रदान गरेका थिए । महोत्सवका मुल संयोजक दीर्घ दरैले गायक महतलाई भाङग्रा (मगर पोशाक) ओढाएर सम्मान गरेका थिए ।
कार्यक्रममा बोल्दै सम्मानित भएका महतले जिल्लाको विकासको लागि आफू सधैं प्रतिबद्ध रहेको बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले नेता कार्यकर्ताको झोलामा के छ ? शंकरले दिए यस्तो जवाफ
-
लोसपाका महासचिव मिश्रलाई प्रवक्ताको पनि जिम्मेवारी
-
पाकिस्तान भारतसँग विना सर्त शान्ति चाहन्छ : बिलावल भुट्टो
-
वित्तीय अनुशासनलाई कडाइका साथ पालना गरिन्छ : अर्थमन्त्री पौडेल
-
दुर्गा प्रसाईंसहित ३९ जना प्रतिवादीको बयान पुरा, आजबाट थुनछेक
-
माओवादीको मध्यपहाडी लोकमार्ग जागरण अभियान अनिश्चितकालका लागि स्थगित