बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कमल थापाले छाडे निर्वाचन संयोजकको जिम्मेवारी

शनिबार, ०५ भदौ २०७८, १० : ०८
शनिबार, ०५ भदौ २०७८

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापा पार्टीको स्थानीय तह निर्वाचन परिचालन समितिको संयोजकबाट अलग भएका छन् ।

शनिबार विहान सामाजिक सञ्जालमार्फत थापाले राप्रपाको ‘स्थानीय तह निर्वाचन परिचालन समिति’को संयोजकको जिम्मेवारीबाट अलग हुने निर्णय गरेको जानकारी दिएका हुन् । 

उक्त जिम्मेवारी अध्यक्षद्वय पशुपति शम्शेर राणा र डा.प्रकाशचन्द्र लोहनी मध्य एक जनालाई लिन उनको आग्रह छ । अध्यक्षद्वयले जिम्मेवारी नलिएको अवस्थामा पार्टीका अन्य कुनै वरिष्ठ नेतालाई संयोजक बनाउन थापाको आग्रह छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप