मनसुनी वायुको प्रभाव, कस्तो रहनेछ आजको मौसम ?
हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ। न्यून चापीय रेखा नेपाल भन्दा केही दक्षिण तिर रहेको छ । देशभर सामान्य देखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी, र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
शुक्रबार देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, गण्डकी, लुम्बिनी र सुदूर पश्चिम प्रदेशका एक वा दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।
शनिबार पनि देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बागमती , लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ
आइतबार देशभर सामान्य बदली रही केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्लाहीमा चिसोबाट बच्नका लागि न्यानो लुगा वितरण
-
नाइजेरियामा डुङ्गा दुर्घटना हुँदा कम्तीमा २० जनाको मृत्यु
-
फेरिरहन्छन् निर्यात हुने वस्तु, कारण के ?
-
वैदेशिक लगानीको सुरक्षाका लागि नेपाल सरकार प्रतिबद्ध छ : मन्त्री भण्डारी
-
अर्थतन्त्रका सूचक सुधारोन्मुख बन्दै गएको छ : मन्त्री पौडेल
-
५० हजार भक्तजनले गरे दुप्चेश्वर दर्शन