शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

यी ९ साम्राज्य : जो अफगानिस्तान छिरेपछि असफल भए

शनिबार, ०५ भदौ २०७८, ०८ : १३
शनिबार, ०५ भदौ २०७८

‘साम्राज्यहरूको चिहान’ भनेर चिनिएको अफगानिस्तानले यसै साता आफूमाथि कब्जा र नियन्त्रण जमाउन खोजेर असफल हुने देशको सूचीमा नयाँ नाम थप्यो– अमेरिकी ।

धेरै मुलुक विश्वको नक्साबाट नामेट भएका इतिहास छन् । तर अफगानिस्तानमा कहिल्यै कोही पनि विजयी हुन सकेन । यस देशले दर्जनौँ आक्रमण सह्यो, कहिलेकाहीँ कब्जामा पनि प¥यो तर हारेन ।

दुर्गम भूबनोट र प्रतिरोधी जनताका कारण पनि विदेशीलाई यहाँ लामो समय टिक्न मुस्किल प¥यो । आधुनिक इरान, मध्य एसिया र भारतको प्रमुख रुटमा पर्ने यो देशमा धेरैले धेरै पटक आक्रमण गरे । त्यसपछि नयाँ जाति र समुदायका मानिसहरू भित्रिए । त्यसैले यहाँका समुदायहरू एकअर्काप्रति उत्तिकै असहिष्णु छन् र विदेशीप्रति पनि नकारात्मक भाव राख्छन् ।

लगातारको आक्रमण र कानुनहीनताका कारण हरेक बस्ती र गाउँले बाहुबलीको झल्को दिन्छ । यस्तो कठोर इतिहास र भूगोलका कारण अफगानिस्तान अब त्यस्तो देश बन्यो, जहाँ थोरै मात्र सैनिकले आक्रमण गर्न चाहन्छन् ।

यही कारण प्राचीनकालदेखि नै यहाँको भूमिमा मार्चपास गर्ने कुनै पनि देशको सेनाले कहिल्यै पूरै भूभाग कब्जा गर्न सकेन । यस भूपरिवेष्ठित देशमा आक्रमणकारीहरूले आफूले कब्जा जमाएको समयमा आफ्नो केही चिनारीसम्म छाडेका छन्, जसका आधारमा आज हामी उनीहरू अफगानिस्तान छिरेका थिए भन्नसक्छौँ ।

इतिहासदेखि अहिलेसम्म अफगानिस्तानमा पर्सिया, ग्रिक, रसिदुन, उमय्यद, मङ्गोल, मुगल, बेलायत, रुस र अमेरिकाले आक्रमण गरे ।

https://warfarehistorynetwork.com/

भनिन्छ, मेसिडोनको प्राचीन ग्रीक साम्राज्यका राजा अलेक्जेन्डर महान्को समयदेखि नै यो देशमा कुनै पनि शक्तिले सफल आक्रमण गर्न सकेको छैन । तर कब्जाको प्रयास गर्ने अलेक्जेन्डर पहिलो व्यक्ति थिएनन् । उनी आउनुभन्दा दुई शताब्दीअघि नै पर्सियाको अचमेनिद साम्राज्यका सम्राट दारा प्रथमले अहिलेको अफगानिस्तानका केही भूभाग कब्जामा लिइसकेका थिए ।

आजको समय धेरैले यस घटनालाई बिर्सिएका छन् । तर अफगानिस्तान कब्जा गर्ने असफल प्रयासमध्येको यो सम्भवतः सबैभन्दा सफल प्रयास हुनसक्छ । किनकि अफगानी भूभागमा कुनै पनि सर्वाधिक विदेशी शक्ति सर्वाधिक लामो समय टिकेको इतिहास यही हो, दुई शताब्दीभन्दा लामो समयपछि ३३० इसापूर्वमा अलेक्जेन्डर महान्ले पर्सियाविरुद्धको युद्धका दौरान यहाँ हमला गरे । त्यसपछि फेरि अशान्ति सुरु भयो ।

तर यहाँ अलेक्जेन्डरको सेनाले खासै प्रतिरोध गर्नु परेन र सजिलै घुस्यो । तर भूपरिवेष्ठित राष्ट्रको दुर्गम पहाडी भूभाग निकै ठूलो चुनौती बनेर देखियो । अलेक्जेन्डरले यस देशमा धेरै सहरहरू स्थापना गरे । उनले स्थापना गरेका र आफ्नो नामकरण गरेका सहरहरूको सङ्ख्या यहाँ ७० भन्दा धेरै छ । सबैभन्दा चर्चित सहर ‘अलेक्यान्द्रोपोलिस’ हो, जसलाई ‘अलेक्जयाद्रिया इन अराचोसिया’ पनि भनियो । पर्सियन भाषामा अलेक्जेन्द्ररलाई सिकन्दर भनिने भएकाले स्थानीयले यस सहरलाई ‘सिकन्दहर’ भन्न थाले, बिस्तारै अपभ्रंस भएर अहिले यो सहरको नाम कन्दहर रहन गएको छ, यो अफगानिस्तानको दोस्रो ठूलो सहर हो ।

अलेक्जेन्डरको निधनको वर्षौंसम्म पनि ग्रीकहरूको प्रभाव यस क्षेत्रमा रह्यो । त्यसपछि पहिलो शताब्दीमा इन्डो–युरोपेली घुमन्तेहरूले यो सहर कब्जा गरे । त्यसपछि पर्सियाको सासानी साम्राज्यले फेरि गुमेका पश्चिम हिस्साहरू फिर्ता गरे ।

अफगानिस्तानमा दीर्घकालीन प्रभाव छाड्ने आक्रमण सातौँ र नवौँ शताब्दीबीचमा भयो । यतिबेला रसिदुन खालिफाले पश्चिमबाट इस्लाम धर्मको बिस्तार थाल्यो र यहाँको धेरैजसो जनसङ्ख्याले त्यही धर्म अपनायो ।

उमय्यद खालिफाको समयमा अफगानिस्तानका झन्डै सबै भूभाग विदेशी शक्तिको पूर्ण नियन्त्रणमा पुगिसकेको थियो । यो खालिफा (धार्मिक राज्य) ले आफ्नो सीमा चीनदेखि आइबेरियन प्रायद्वीपसम्म फैलाइसकेको थियो ।

यो उच्च बिन्दु थियो, यसपछि अफगानिस्तानमा यति धेरै भूभागमा कसैले कब्जा जमाउन सकेन ।

https://weaponsandwarfare.com/

१३औँ शताब्दीको सुरुमा अर्को हमला भयो । यतिबेला मङ्गोल सम्राट चेगिङ्ज खानले उत्तरपूर्वबाट आक्रमण थाले, प्रतिकार धेरै लामो समय चलेन । जसरी अलेक्जेन्डरले सहर बनाउने र सहरको नामकरण गर्ने गरेका थिए, आफ्नो इतिहास छाड्नका लागि मङ्गोल र टर्किजहरूले पनि त्यही गरे ।

मङ्गोलले आक्रमण गरेको एक शताब्दीपछि तिमुरिड साम्राज्यका संस्थापक तैमुरले (तुर्को–मङ्गोल मूलका) हमला गरे । उनले मध्यपूर्वभरि हमला गरेका थिए । अन्ततः उनी  यहाँ मुगल साम्राज्य स्थापना गर्न सफल भए, जसले कालान्तरमा भारतका धेरैजसो भूभागमा कब्जा जमायो ।

मुगल अन्तिम हमलाकारी थिएनन्, कथा यतिमै सकिनेवाला थिएन । आधुनिक इतिहासमा बेलायत, सोभियत युनियन र पछिल्लो समय अमेरिका र उसका सहयोगीहरूले पनि यहाँ हमला गरे र उनीहरू सबै आफ्नो उद्देश्य हासिल गर्न असफल भए ।

https://www.britannica.com/

बेलायतका हकमा उसले तीन पटक आक्रमण गर्‍यो । उसले कहिल्यै यहाँ कब्जा जमाउन खोजेको थिए, बरु अफगानी सीमा हुँदै आफूमाथि हुने आक्रमण रोक्नका लागि बेलायत पक्षीय नेतालाई यहाँको सत्तामा पु¥याउने लक्ष्य राखेको थियो ।

सोभियतले पनि तीन पटक आक्रमण गरे । पहिलो पटक १९२९ र दोस्रो पटक १९३० मा आक्रमण गरियो । १९७९ को आक्रमणले भने उसका लागि सबैभन्दा धेरै महँगो प¥यो, ९ वर्षभन्दा लामो समय सोभियत–अफगान युद्ध चल्यो । युद्ध हारेर सेना घर फर्किएको दुई वर्षमा सोभियत युनियन नै विघटन भयो ।

तर यो पनि अन्तिम हमला थिएन । ११ सेप्टेम्बर २००१ मा आफ्नो भूमिमा आतङ्कवादी हमला भएपछि त्यस हमलाका दोषी मानिएका बिन लादेनलाई खोज्न भन्दै अमेरिकी सेना अफगानिस्तान छिर्‍यो । आक्रमण थालेको २ महिनाभित्रै उसले त्यहाँको तालिवानी सत्तालाई अपदस्थ गरिदियो । त्यसपछि बनेको प्रजातान्त्रिक सरकारलाई पुनर्निर्माणमा सघाउन भन्दै अमेरिका थप २० वर्षसम्म अफगानिस्तान बस्यो तर अमेरिकी सैनिकहरू फिर्ता हुने क्रमले पूर्णता पाउनुअगावै अहिले तालिबानले फेरि काबुलको सत्ता कब्जा गरिसकेको छ । अमेरिकी समर्थन प्राप्त अफगानी राष्ट्रपति असरफ गनी भागेर विदेश गइसकेका छन् ।

अर्थात् आफ्नो मिसन अमेरिकाले पनि पूरा गर्न सकेन । धेरैले अमेरिकी सेनाको बहिर्गमनलाई भियतनाम युद्धमा उसले व्यहोरेको हारसँग दाँजेर हेरेका छन् ।

इतिहासदेखि नै अफगानिस्तान अशान्त छ । झन्डै २५ सय वर्षदेखि ठूलो सङ्ख्यामा यहाँको बालुवामा स्थानीयसँगै विदेशीहरूको रगत बगेको छ । त्यही कारण यसलाई ‘साम्राज्यवादीहरूको चिहान’ भनिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप