बेलायतमा एकैदिन ३७ हजार बढी संक्रमित
बेलायतमा कोरोना संक्रमण दर पछिल्ला केहि दिनयता पुनः उकालो लाग्दै गइरहेको छ । कोरोनाका कारण पछिल्लो २४ घन्टामा ३७ हजार ३१४ नयाँ संक्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ । एक सातामा दुई लाख १९ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको सरकारी तथ्यांकले देखाएको छ । बेलायतमा हालसम्म संक्रमित हुनेको कुल संख्या ६४ लाख २९ हजार १४७ पुगेको छ ।
यसैगरी कोरोनाका कारण बितेको २४ घन्टामा ११४ जनाको ज्यान गएको स्वास्थ्य विभागले जनाएको छ । पछिल्लो एक सातामा बेलायतमा ६८८ जना संक्रमितको ज्यान गएको छ । यससँगै बेलायतमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख ३१ हजार ४८७ पुगेको छ । तर, कोभिडका कारण मृत्यु दर्ता गरिएको प्रमाणको आधारमा भने मृतक संख्या एक लाख ५४ हजार ८११ रहेको छ ।
गएको एक सातामा संक्रमणका कारण अस्पताल भर्ना हुनेको संख्या ८.१ प्रतिशतले बढेको छ । पछिल्लो २४ घन्टामा ८५८ जना संक्रमित अस्पताल भर्ना भएका छन् भने हाल अस्पतालमा उपचार गराइराखेका संक्रमितको संख्या ६ हजार ४४१ छ । यस्तै ९२८ संक्रमितको भेन्टिलेटर बेडमा उपचार भइरहेको छ ।
बेलायतमा हालसम्म कोरोनाविरुद्धको ८ करोड ८८ लाख ४८ हजार ६३३ डोज खोप वितरण भइसकेको छ । जसमध्ये चार करोड ७५ लाख १६ हजार ५०५ जना अर्थात ८७.४ प्रतिशतले खोपको पहिलो डोज र ४ करोड १३ लाख ३२ हजार १२८ जना अर्थात ८७.३ प्रतिशतले खोपको दुवै डोज लगाइसकेको तथ्यांकमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चेम्बर अफ कमर्सका २४ वटा समितिको नेतृत्व चयन
-
विश्वकपका लागि सन्न्यास फिर्ता लिने कप्तानको आग्रह नरेनद्वारा अस्वीकार
-
‘पितृसत्ताविरुद्ध पारिजातको योगदान अतुलनीय’
-
डढेलो निभाउन गएको दमकल नै जल्यो
-
चीन पुगे अमेरिकी विदेशमन्त्री
-
नेपालमा जनावरको दुधबाट मान्छेमा बर्ड फ्लुको ‘एच–फाइभ एन–वान’ भाइरस सरेको देखिएको छैन : विज्ञ