एमाले तेस्रो धारको भेलामा ५७ नेता सहभागी (संयुक्त वक्तव्यसहित)

नेकपा एमाले तेश्रो धारको भेलाले विद्यमान राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिक परिवेशमा पार्टी एकता अत्यन्त महत्वपूर्ण भएको निष्कर्ष निकालेको छ । शुक्रबार काठमाडौंमा आयोजित भेलाले सो निष्कर्ष निकालेको हो । भेलापछि जारी संयुक्त वक्तव्यमा एमालेमा विभाजनको सकट आइलागेको बताउँदै थप विभाजन र विनाशको दिशातर्फ धकेलिनबाट पार्टीलाई जोगाउने चुनौती अगाडि आएको बताइएको छ ।
वक्तव्यमा भनिएको छ: ‘अब नेकपा (एमाले) लाई विभाजन र विनाशको दिशातर्फ धकेलिनबाट जोगाउने चुनौती हाम्रा सामु छ । यसमा पार्टीका सबै इमान्दार नेता, कार्यकर्ता र सदस्यहरुको सकारात्मक भूमिका अपरिहार्य छ ।’
नेपालको कम्युनिष्ट आन्दोलनलाई कमजोर तुल्याउन देशी–विदेशी प्रतिक्रियावादीहरु लागिपरिरहेको स्थितिमा मतभेद र अन्तरविरोधहरुलाई पार्टीको आन्तरिक प्रक्रियाबाट समाधान गर्दै अघि बढ्नु बुद्धिमानी हुने जनाउँदै संयुक्त वक्तव्यमा भनिएको छः ‘त्यस्तै राजनीतिक, सैद्धान्तिक र वैचारिक विषयहरुमा नेकपा (एमाले) को विधिसम्मत पद्धति अनुरुप पार्टी भित्र छलफल र बहसबाट निष्कर्ष निकाल्ने दिशामा अगाडि बढ्नुपर्छ ।’
भेलामा एमाले केन्द्रीय कमिटीका सदस्य तथा सांसदहरु समेत गरी ५७ जनाको सहभागिता रहेको जनाइएको छ । संयुक्त वक्तव्यमा एमाले तेश्रो धारका ९ जना नेताहरुले हस्ताक्षर गरेका छन् ।
यस्तो छ संयुक्त वक्तव्य :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल स्टक एक्सचेन्ज लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदका लागि दरखास्त आह्वान
-
जेलेन्स्कीले भने, ‘शान्ति वा नेटोको सदस्यता पाए म पद त्याग्न तयार छु’
-
राम्रो निद्राका लागि ३ योगासन
-
माओवादीको हुलाकी मार्ग केन्द्रित तराई–मधेस जागरण अभियान किन ?
-
इटालियन सिरी’एमा युभेन्ट्स र एटलान्टा विजयी
-
व्यावसायिक माहुरीपालन फस्टाउँदै