चाडपर्व मनाउँदा भिडभाड नगर्न मकवानपुर प्रशासनको आग्रह
चाडपर्व मनाउँदा भिडभाड नगर्न र स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउन जिल्ला प्रशासन मकवानपुरले आग्रह गरेको छ । प्रशासन कार्यालय मकवानपुरले शुक्रबार एक सूचना जारी गर्दै कोरोना संक्रमणको जोखिम कायम नै रहेका कारण चाडपर्व मनाउँदा भिडभाड नगर्न र स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन आग्रह गरेको हो ।
मकवानपुरमा आगामी भदै १० गतेसम्म कोरोना संक्रमण न्यूनीकरणका लागि निषेधाज्ञा जारी गरिएकोले जिम्मेवार भएर निषेधाज्ञाको पालना गरि चाडपर्व मनाउन सबै नागरिकहरुलाई सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले आग्रह गरेका छन् ।
मकवानपुरमा कोभिड–१९ को संक्रमण तथा जोखिम दर उच्च रहेकोले यस अवधिमा पर्ने जनैपूर्णिमा तथा ऋषितर्पणी र गाईजात्रा लगायतका पर्वहरू स्वास्थ्य प्रोटोकलको पूर्ण पालना हुने गरी परम्परागत रुपमा सांकेतिक तवरले मनाउन हुन र भिडभाडजन्य गतिविधि नगर्नु÷नगराउनु हुन सर्वसाधारण सबैमा अनुरोध गर्दछौं प्रशासनले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन
-
पुटिनद्वारा सन् २०२४ लाई ‘ऐतिहासिक’ वर्ष घोषणा
-
१० बजे, १० समाचार : रविलाई ३ वटा मुद्दा, जग्गा विवादमा एमालेलाई राहत
-
नेपालका हिमाली क्षेत्रमा जलवायु परिवर्तनको अवस्थाबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्रीको आग्रह
-
एनआरएनए उच्चस्तरीय समिति बैठक : एकताका लागि दुई निर्णय