शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

नर्भिकमा मधुमेह पीडित ८१ वर्षीया महिलाको दूरबीनबाट सफल शल्यक्रिया

शुक्रबार, ०४ भदौ २०७८, २० : ०५
शुक्रबार, ०४ भदौ २०७८

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलमा ८१ वर्षीया बृद्धको दूरबीन प्रविधिबाट पाठेघरको सफल शल्यक्रिया गरिएको छ । 

नर्भिक हस्पिटलकी बरिष्ठ स्त्री रोग एवम् ल्याप्रोस्कोपिक सर्जन डा. नूतन शर्मा नेतृत्वको टिमले बिहीवार बिहान विराटनगरकी विद्यादेवी भट्टराईको पाठेघरको सफल शल्यक्रिया गरेको हो । 

छातीसम्बन्धी समस्याका साथै उच्च रक्तचाप, मधुमेह र थाइराइडको समस्याबाट ग्रसित भट्टराईको दूरबीन प्रविधिबाट शल्यक्रियामार्फत पाठेघर झिकिएको डा. शर्माले बताइन् । 

बढी उमेर समूह र मोटोपन भएका बिरामीको दुरविन प्रविधिबाट शल्यक्रिया सम्भव हु“दैन कि भन्ने धारणा कतिपय बिरामीमा हुने गरेको भन्दै डा. शर्माले उच्च जोखिम समूहका बिरामीको सफल रुपमा दूरबीनबाट शल्यक्रिया गरिसकेको बताइन् । 

यसअघि १३४ किलो तौल समूहको महिलाको पनि डा.शर्मा नेतृत्वको टिमले दूरबीन प्रविधिबाट पाठेघरको सफल शल्यक्रिया गरेको थियो । 

पेट चिरेर गरिनुभन्दा दूरबीन प्रविधिबाट गरिने शल्यक्रिया बिरामीका लागि सुविधायुक्त र लाभदायी हुने गर्दछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप