बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

महालक्ष्मी विकास बैंकमार्फत कमर्सियल गाडी खरिदमा सरल कर्जा सेवा पाइने

शुक्रबार, ०४ भदौ २०७८, १९ : ५६
शुक्रबार, ०४ भदौ २०७८

काठमाडौं । महालक्ष्मी विकास बैंकले कमर्सियल गाडी खरिद गर्न चाहने ग्राहकहरुलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने भएको छ ।

महालक्ष्मी विकास बैंकले कमर्सियल गाडी खरिद गर्न चाहने ग्राहकहरुलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउन सिप्रदी ट्रेडिङसँग सम्झौता गरेको हो ।

उक्त सम्झौता अनुसार सिप्रदी ट्रेडिङबाट ग्राहकहरुले टाटा ब्रान्डका गाडीहरु खरिद गर्दा महालक्ष्मी विकास बैंकमार्फत सरल तरिकाले कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुलाई अधिकतम ५ वर्षको लागि कर्जा उपलब्ध गराउनुका साथै अधिकतम ७० प्रतिशतसम्म कर्जा प्रवाह गरिने बैंकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप