लुटिएको दूरसञ्चार उपकरण फिर्ता गर्न माग गर्दै प्राधिकरणमा उजुरी
काठमाडौं । लुटिएको दूरसञ्चार उपकरण फिर्ता गर्न माग गर्दै विद्युत प्राधिकरण काठमाडौंमा उजुरी परेको छ ।
इन्टरनेट सेवाप्रदायक संघ नेपाल (इस्पान)ले चितवनस्थित भरतपुरमा नेपाल विद्युत प्राधिकरणका कर्मचारीले लुटिएको दूरसञ्चार उपकरण फिर्ता पाउँ भनी विद्युत प्राधिकरणको केन्द्रिय कार्यालय काठमाडौंमा उजुरी दर्ता गराएका हुन् ।
इस्पानले नेपाल दूरसञ्चार प्राधिकरण, गृह मन्त्रालय, भरतपुर विद्युत प्राधिकरण, जिल्ला प्रशासन कार्यालय भरतपुर, सूचना तथा सञ्चार प्रविधि मन्त्रालयलाई बोधार्थ गरी उजुरी दर्ता गरेको छ।
भरतपुर विद्युत प्राधिकरणका कर्मचारीले दूरसञ्चार उपकरण ४ दिनसम्म पनि फिर्ता नगर्दा इन्टरनेट सेवा प्रदायकहरुका कर्मचारीहरुले इन्टरनेट समयमा मर्मत गर्न नपाएको बताएका छन् । इन्टरनेट प्रयोग गर्न नपाउँदा अनलाइन शिक्षा, बैंकिङ्ग कारोबार गर्नबाट वन्चित हुन पुगेको इस्पानले जनाएको छ।
इन्टरनेट सेवाको तार काट्दा वा दूरसञ्चार उपकरणमा हानी नोक्सानी गरेमा वा त्यस्तो उद्योग कसुरको मात्रा हेरी त्यस्तो व्यक्तिलाई हानी नोक्सानीको बिगो बमोजिम जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या